नेपालमा नेपालमा १०५६ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,मंसिर २४ । नेपालमा थप १०५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६२८६ जनामा गरिएको परीक्षणमा १०५६ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँग नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा १४८३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १२२४५ रहेको छ ।

 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५०७ जना संक्रमित भेटिएका छन् ।त्यस्तै भक्तपुरमा ३९, ललितपुरमा ७५ र काठमाडौंमा ३९३ जना छन् ।

कुन जिल्लामा कति थपिए संक्रमित

प्रदेश १ को इलाममा ६, उदयपुरमा २, ओखलढुंगामा २, झापामा २५, धनकुटामा १, पाँचथरमा ४, भोजपुरमा १, मोरङमा ५५, संखुवासभामा ९, सुनसरीमा ७५ र सोलुखुम्बुमा ३ जनामा कोरोना भेटिएको छ।

 

प्रदेश २ को धुनषामा ५, पर्सामा १, रौतहटमा २, सप्तरीमा ९, सर्लाहीमा २ र सिरहामा ६ जनामा कोरोना पाइएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र ४ सय १२ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १८, चितवनमा ६९, दोलखामा १०, धादिङमा १८, नुवाकोटमा १, भक्तपुरमा ६९, मकवानपुरमा ६, रसुवामा २, रामेछापमा ४, ललितपुरमा १ सय १३ र सिन्धुपाल्चोकमा ९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ९७, गोरखामा ६, तनहुँमा ८, नवलपरासी पूर्वमा २४, पर्वतमा २, लमजुङमा ७, बागलुङमा ११ र स्याङजामा ७ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा १, गुल्मीमा १४, दाङमा १५, नलवपरासीमा ६, पाल्पामा १५, प्यूठानमा १, बर्दियामा १४, बाँकेमा ३६, रोल्पामा १ र रुपन्देहीमा ५१ जनामा कोरोना पाइएको छ।

 

कर्णाली प्रदेशको कालिकोटमा १, रुकुम पश्चिममा ३, सल्यानमा १, सुर्खेतमा २ र हुम्लामा १ जनामा कोरोना भेटिएको छ।

 

यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा ७, कञ्चनपुरमा २८, कैलालीमा ६२, डडेल्धुरामा ४, डोटीमा १, बझाङमा ८, बाजुरामा २ र बैतडीमा ३ कोरोना भेटिएको छ।