नेपालमा थप १२१७ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्ला कति थपिए संक्रमित 

काठमाडौं,मंसिर २५।नेपालमा थप १२१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका अनुसार ७२३२ जनाको पीसीआर परीक्षण गर्दा १२१७ जनामा संक्रमण पुष्टि भएको हो ।

 

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४५ हजार ६५० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १०६४ रहेको छ । हालेसम्म निको हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ ।

हाल देशभर १२ हजार ३८६ सक्रिय संक्रमित रहेका छन् ।

कुन जिल्ला कति थपिए संक्रमित  

पछिल्लो २४ घण्टामा काठमाडौंमा ३३८, कैलालीमा ९४, मोरङ र कास्कीमा ६७÷६७, सुनसरीमा ६६, रुपन्देहीमा ५६, ललितपुरमा ५१, झापा र अछाममा ४८/४८, दाङमा २६, भक्तपुर, पाल्पा र बाँकेमा २५/२५, चितवनमा २२ जना,लमजुङ र कञ्चनपुरमा १९/१९, बैतडीमा १८, बझाङमा १४, गुल्मीमा १३, सप्तरीमा १२, बागलुङमा ११, काभ्रे र बर्दियामा १०÷१०, नवलपरासी र प्युठानमा ९÷९, सिराहा, गोरखा, तनहुँ र डडेल्धुरामा ८/८, धनुषा, धादिङ र डोटीमा ७र७, मकवानपुर र कपिलवस्तुमा ६/६ जना ,ताप्लेजुङ, महोत्तरी र नुवाकोटका ५/५, बारा, रसुवा, स्याङ्जा र अर्घाखाँचीमा ४/४, उदयपुर, सर्लाही र सुर्खेतमा ३/३, धनकुटा, संखुवासभा, पर्सा, रौतहट, दोलखा, सिन्धुपाल्चोकर सिन्धुलीमा २/२ र इलाम, खोटाङ, पाँचथर, नवलपरासी पूर्व, डोल्पा र सल्यानमा १/१ जना संक्रमित भेटिएका छन् ।