नेपालमा थप ८३० जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित
काठमाडौं,मंसिर २८ । नेपालमा थप ८३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५१८१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
याेे सँगै कुल संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ । उनीहरुमध्ये २ लाख ३५ हजार ७३१ जना संक्रमणमुक्त भएका छन् भने १६९८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १५०० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
हाल देशभर १० हजार ९९४ जना सक्रिय संक्रमित छन् ।
कुन जिल्लामा कति थपिए संक्रमित
प्रदेश १ को इलाममा २, झापामा २०, ताप्लेजुङमा २, तेह्रथुममा ३, धनकुटामा १, पाँचथरमा १, भोजपुरमा २, मोरङमा ३८, संखुवासभामा २, सोलुखुम्बुमा १ र सुनसरीमा १० जनामा कोरोना भेटिएको छ।
प्रदेश २ को धुनषामा १, महोत्तरीमा १, रौतहटमा १ र सप्तरीमा १ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र २ सय ५८ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १, चितवनमा १९, धादिङमा ५, नुवाकोटमा ६, भक्तपुरमा २५, मकवानपुरमा ५, रसुवामा ५, रोमछापमा ३, ललितपुरमा ६५ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ५३, गोरखामा ३, तनहुँमा १३, नवलपरासी पूर्वमा ७, पर्वतमा ३, म्याग्दीमा १, लमजुङमा ९, बागलुङमा ६ र स्याङजामा ५ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा १, गुल्मीमा ३, दाङमा १६, पाल्पामा ९, प्यूठानमा १, बर्दियामा १, बाँकेमा ७, रुकुम पूर्वमा १, रोल्पामा १ र रुपन्देहीमा २३ जनामा कोरोना पाइएको छ।
कर्णाली प्रदेशको कालिकोटमा २, दैलेखमा ६, रुकुम पश्चिममा ८, सल्यानमा ६ र सुर्खेतमा १८ जनामा कोरोना भेटिएको छ।
यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा १५, कञ्चनपुरमा ४१, कैलालीमा ६२, डडेल्धुरामा १, डोटीमा १४, दार्चुलामा १, बझाङमा ९ र बैतडीमा १ कोरोना भेटिएको छ।