ललितपुरको ग्वार्को उज्ज्वल पेट्रोल पम्पमा आगलागी

ललितपुर,मंसिर २८ । ललितपुर महानगपालिका–१७ ग्वार्कोस्थित उज्ज्वल पेट्रोल पम्पमा आज साँझ आगलागी भएको छ । तेल झार्न आएको ट्याङ्कर नै तातेर आगलागी भएको प्रहरीको भनाइ छ ।

 

महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले आगलागी भएको सूचना पाउनासाथ आफूहरु र दमकल गएर नियन्त्रण गरेको जानकारी गराए । उनले भने, “पम्पमा क्षति भएको छैन त्यसैले डराउनुपर्ने अवस्था देखिँदैन ।” रासस