यस्तो छ,आजको मौसम पूर्वानुमान

काठमाडौ,मंसिर २९। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।  हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।

 

हालको मौसमको अवस्था देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो प्रदेश नं १ लगायत देशको पहाडि भूभागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भुभागका १-२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

 

त्यस्तै राती प्रदेश नं १ लगायत देशको पहाडि भूभागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

 

तराईका अधिकांश भुभागहरुमा बिहानीपख वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएकाे छ।