नेपालमा थप ८२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,मंसिर २९ ।नेपालमा थप ८२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४२३ जनाको परीक्षणमा ५०४ महिला र ३१७ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८४२ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३६ हजार ५७३ रहेको छ ।

 

हालसम्म कोरोना भाइरस संक्रमणबाट १७१६ जनाको मृत्यु भइसकेको छ । सक्रिय संक्रमितको संख्या १० हजार ९५५ रहेको छ। 

कुन जिल्लामा कति थपिए संक्रमित

प्रदेश १ को इलाममा ७, उदयपुरमा १, ओखलढुंगामा २, खोटामा १, झापामा २६, ताप्लेजुङमा १, तेह्रथुममा २, धनकुटामा १, पाँचथरमा २, मोरङमा ५५, सोलुखुम्बुमा ३ र सुनसरीमा ३३ जनामा कोरोना भेटिएको छ।

 

प्रदेश २ को धुनषामा १, पर्सामा २, बारामा ४, महोत्तरीमा ३, रौतहटमा १, सिरहामा ३ र सप्तरीमा १ जनामा कोरोना पाइएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र २ सय ४६ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १०, चितवनमा २७, धादिङमा ५, नुवाकोटमा १, भक्तपुरमा ३४, मकवानपुरमा ९, रसुवामा १, ललितपुरमा ५३, सिन्धुलीमा ६ र सिन्धुपाल्चोकमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ७३, गोरखामा ३, तनहुँमा ५, नवलपरासी पूर्वमा ८, पर्वतमा १, लमजुङमा १ र स्याङजामा ४ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ८, कपिलवस्तुमा १२, गुल्मीमा १, दाङमा १५, पाल्पामा ७, प्यूठानमा ३, बर्दियामा ९, बाँकेमा १०, रोल्पामा २ र रुपन्देहीमा ३५ जनामा कोरोना पाइएको छ।

 

कर्णाली प्रदेशको जुम्लामा १, दैलेखमा १ र सुर्खेतमा ३ जनामा कोरोना भेटिएको छ।

 

यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा १३, कञ्चनपुरमा ८, कैलालीमा ४६, डडेल्धुरामा २, बझाङमा ५ र बाजुरामा १ कोरोना भेटिएको छ।