आज मंगलबारको मौसम पूर्वानुमान

काठमाडौं,मंसिर ३०। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

 

हाल मौसमको अवस्था देशको तराईका अधिकांश भूभागमा कुहिरो र हुस्सु लागेको अवस्था रहेको महाशाखाले जनाएको छ ।

 

आज दिउँसो प्रदेश नं १, प्रदेश २ तथा बागमती प्रदेशमा आँशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै राती प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भूभागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

 

तराईका अधिकांश भूभागहरुमा तथा पहाडका केही भूभागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएकाे छ।