नेपालमा थप ९३६ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लमा कति थपिए संक्रमित

काठमाडौं,मंसिर ३० । नेपालमा थप ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७११७ जनामा गरेको परीक्षणमा ५८५ पुरुष र ३५१ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५० हजार १८० पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा १९९६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ । हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ९ हजार ८८१ रहेको छ ।

कुन जिल्लमा कति थपिए संक्रमित

प्रदेश १ को इलाममा ५, उदयपुरमा १, ओखलढुङगामा ३, झापामा १९, ताप्लेजुङमा १३, तेह्रथुममा १, पाँचथरमा २, मोरङमा ३३, संखुवासभामा १, सुनसरीमा ३४ र सोलुखुम्बुमा १ जनामा कोरोना भेटिएको छ।

 

प्रदेश २ को धुनषामा ३, पर्सामा १, बारामा २, सर्लाहीमा १ र सिरहामा २ जनामा कोरोना पाइएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र ३ सय १० जनामा कोरोना पुष्टि भएको छ । काभ्रेमा ३१, चितवनमा १, दोलखामा ८, धादिङमा ६, नुवाकोटमा ३, भक्तपुरमा ४२, मकवानपुरमा १३, रामेछापमा १, ललितपुरमा ८६ सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ७०, गोरखामा ५, तनहुँमा १५, नवलपरासी पूर्वमा ४ , पर्वतमा १, म्याग्दीमा १, लमजुङमा ७, वागलुङमा ६र स्याङजामा ४ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा ४, दाङमा २, नलवपरासीमा ५, पाल्पामा ६, प्यूठानमा १६, बर्दियामा ५, बाँकेमा २७, र रुपन्देहीमा ३५ जनामा कोरोना पाइएको छ।

 

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १, दैलेखमा १, रुकुम पश्चिममा २ र सुर्खेतमा ४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

सुदूरपश्चिमको अछाममा ५, कञ्चनपुरमा १८, कैलालीमा ३३, डडेल्धरामा ३, डोटीमा १, दार्चुलामा ३m बझाङमा २ र बैतडीमा २ जनामा कोरोना भेटिएको छ।