यस्तो छ,आजको मौसम पूर्वानुमान

काठमाडौं,पुस १। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ। हाल देशमा पश्चिमी वायुको आंशिक तथा अरबियन सागरमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव रहेको महाशाखाले जनाएको छ।

 

हाल मौसमको अवस्था प्रदेश २, बागमती प्रदेशका भूभागहरुमा आँशिक देखि सामान्य बदली तथा पूर्वी र पश्चिमी तराईका केहि भूभागहरुमा हुस्सुर कुहिरो लागेको छ।

 

आज दिउँसो प्रदेश नं १, प्रदेश २, तथा गण्डकी प्रदेशका भूभागहरुमा आँशिक देखि सामान्य बदली रही बाँकि भूभागमा आँशिक बदली रहने छ। त्यस्तै राती देशको पहाडी भूभागहरुमा आँशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

 

तराईका अधिकांश भुभागहरुमा तथा पहाडका केही भूभागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएकाे छ।