नेपालमा थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्ला कति थपिए संक्रमित

काठमाडौं,पुस २ ।नेपालमा थप ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५८८ जनाको परीक्षणमा ४६८ पुरुष र ३०८ महिला गरी ७७६ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९४७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४० हजार ३६३ जना रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९५८० रहेको छ ।

 

  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १७४९ पुगेको छ ।

कुन जिल्ला कति थपिए संक्रमित

प्रदेश १ को उदयपुरमा २, ओखलढुंगामा १, झापामा १५, ताप्लेजुङमा २, तेह्रथुममा १, भोजपुरमा १, मोरङमा ३४, संखुवासभामा १ र सुनसरीमा ११ जनामा कोरोना भेटिएको छ।

 

प्रदेश २ को धुनषामा २, बारामा १, महोत्तरीमा १, रौतहटमा १, सिरहामा १ र सर्लाहीमा १ जनामा कोरोना पाइएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र २ सय ७३ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ७, चितवनमा १४, दोलखामा १, धादिङमा ६, नुवाकोटमा १०, भक्तपुरमा ४१, मकवानपुरमा २, रसुवामा १०, ललितपुरमा ४९, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ४५, गोरखामा ४, तनहुँमा ११, नवलपरासी पूर्वमा ७, पर्वतमा ३, मुस्ताङमा ३, लमजुङमा १३ र स्याङजामा ४ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, कपिलवस्तुमा २, गुल्मीमा २, दाङमा ४, नवलपरासीमा ७, पाल्पामा ७, प्यूठानमा २, बर्दियामा ७, बाँकेमा १९, रोल्पामा १ र रुपन्देहीमा २५ जनामा कोरोना पाइएको छ।

 

कर्णाली प्रदेशको दैलेखमा १, रुकुम पश्चिममा २, सल्यानमा ३ र सुर्खेतमा १० जनामा कोरोना भेटिएको छ।

 

यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा ६, कञ्चनपुरमा ३५, कैलालीमा ३७, डडेल्धुरामा ४, डोटीमा १, बझाङमा ९ र बैतडीमा ५ जनामा कोरोना भेटिएको छ।