आज शनिबारको मौसम पूर्वानुमान

काठमाडौं,पुस ४ । हाल देशभरको मौसममा उत्तर पश्चिमी वायुको प्रभाव कायम रहेको छ ।हाल नेपालको पश्चिमी तथा मध्य तराइ भूभागका अधिकांश स्थानहरुमा वाक्लो हुस्सु तथा कुहिरो लागेको छ।

 

आज विहान ६ बजे काठमाडौंको बायुको तापक्रम ३ डिग्री सेल्सियस रहेको छ ।आज न्युनतम तापक्रम २ डिग्री सेल्सियससम्म पुग्नेछ भने अधिकतम तापक्रम १८ डिग्री सेल्सियस हुनेछ ।

 

बायुको गति ६ किलोमिटर प्रति घण्टा छ भने भिजिबिलिटी ५ किलोमिटर रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागहरुको मौसममा आंशिक बदली रहने छ ।

 

देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।त्यसैगरी आज राती प्रदेश नं १, गण्डकी प्रदेश रलुम्बिनी प्रदेशको मौसममा आंशिक बदली रहने छ ।

देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।