नेपालमा थप ७१० जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,पुस ४ ।नेपालमा थप ७१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४७८० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

 

यो सँगै कुल संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ । उनीहरुमध्ये २ लाख ४२ हजार ५६७ संक्रमणमुक्त भएका छन् भने १ हजार ७७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हाल देशभर ८ हजार ८४० संक्रिय संक्रमित छन् ।

कुन जिल्लामा कति थपिए संक्रमित

प्रदेश १ को इलाममा २, उदयपुरमा ५, झापामा १९, संखुवासभामा १ र सुनसरीमा १८ जनामा कोरोना भेटिएको छ।

 

प्रदेश २ को धुनषामा १७, महोत्तरीमा ४, रौतहटमा २, सप्तरीमा १ र सिरहामा १ जनामा कोरोना पाइएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र २ सय २४ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १७, चितवनमा ४९, दोलखामा १०, धादिङमा ५, भक्तपुरमा १९, मकवानपुरमा १२, रामेछापमा २, ललितपुरमा ३८, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ७५, गोरखामा ३, तनहुँमा ६, नवलपरासी पूर्वमा ७, पर्वतमा २, म्याग्दीमा १, लमजुङमा ३९, बागुलङमा ५ र स्याङजामा ८ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ३, गुल्मीमा ३, दाङमा ६, नवलपरासीमा ६, पाल्पामा १, प्यूठानमा २, बर्दियामा १, बाँकेमा ६ र रुपन्देहीमा ३० जनामा कोरोना पाइएको छ।

 

कर्णाली प्रदेशको दैलेखमा ३, सल्यानमा ४ र सुर्खेतमा ३ जनामा कोरोना भेटिएको छ।

 

यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा ३, कञ्चनपुरमा १, कैलालीमा ४, डडेल्धुरामा २, डोटीमा १, बझाङमा २ र बैतडीमा २ जनामा कोरोना भेटिएको छ।