काँग्रेस र जसपाबीच दुई बुँदे समझदारी: संसद अधिवेशन तत्काल बोलाउन माग

काठमाडौं,पुस ४ ।प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाले संघीय संसदको अधिवेशन तत्काल बोलाउन माग गरेका छन् ।

 

आज शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा दुई दलका शीर्ष नेताहरुबीच भएको छलफलले संसदको अधिवेशन बोलाउन सरकारसँग माग गरेका छन् । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले संसद अधिवेशन बोलाउन माग गर्दै प्रतिपक्षी दलहरुसँग छलफल गर्ने निर्णय गरेको थियो ।

 

सरकारका असंवैधानिक र अलोकतान्त्रिक गतिविधि, भ्रष्टाचार, कोरोना महामारी नियन्त्रणमा देखाएको गैरजिम्मेवारीका विषयमा पनि छलफल भएको थियाे ।

 

छलफलम काँग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्यद्वय डा. मीनेन्द्र रिजाल र रमेश लेखक तथा जसपाबाट अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो सहभागी भएका थिए ।

 

शुक्रबार सभापति देउवाले संसदको विशेष अधिवेशन बेलाउन जसपाले सहयोग नगरेको आसयको ट्वीट गरेपछि जसपाका शीर्ष नेता बुढानीलकण्ठ पुगेको बुझिएको छ ।

 

आज विपक्षी दल समन्वयका साथ अगाडि बढ्ने कुरामा नेताहरुबीच दुई घण्टा बढी छलफल भएको थियाे। साथै संसदमा समन्वय गर्दै सशक्त प्रतिपक्षको भूमिका निभाउन समेत दुबै दलका शीर्ष नेताहरु सहमत भएका छन् ।