नेपालमा थप ५ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित
काठमाडौं,पुस ५। नेपालमा थप ५ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा ४ हजार ६ सय २० जनाको पिसिआर परीक्षण गर्दा ५ सय ८८ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ७० हजार ८ सय ३० पुगेको छ।
आइतबार थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ८८ पुगेको मन्त्रालयले जनाएको छ। हाल ४ सय २१ जना क्वारेन्टाइनमा छन्।
पछिल्लो २४ घण्टामा १ हजार ९७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ४३ हजार ६ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ।
कुन जिल्लामा कति थपिए संक्रमित
प्रदेश १ को इलाममा ७, उदयपुरमा १, ओखलढुंगामा १, झापामा ६, तेह्रथुममा १, मोरङमा २२, संखुवासभामा २, सोलुखुम्बुमा २ र सुनसरीमा ३ जनामा कोरोना भेटिएको छ।
प्रदेश २ को सिरहामा मात्र कोरोना भेटिएको छ। सिरहामा ८ जनामा कोरोना थपिएको मन्त्रालयले जनाएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र १ सय ७९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ५, चितवनमा १०, दोलखामा ३, धादिङमा ६, नुवाकोटमा ५, भक्तपुरमा २६, मकवानपुरमा १, रामेछापमा १, ललितपुरमा ३३, सिन्धुलीमा १ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २६, गोरखामा १, तनहुँमा ४, नवलपरासी पूर्वमा ३, पर्वतमा ३, म्याग्दीमा ६, लमजुङमा ५, बागुलङमा २ र स्याङजामा ८ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ६, कपिलवस्तुमा २, गुल्मीमा १, दाङमा २५, नवलपरासीमा ४, पाल्पामा २, प्यूठानमा १, बर्दियामा ८, बाँकेमा १६, रोल्पामा ३ र रुपन्देहीमा २३ जनामा कोरोना पाइएको छ।
गत २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा संक्रमित नभेटिएको मन्त्रालयले जनाएको छ।
यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा १२, कञ्चनपुरमा २०, कैलालीमा ८१ र बैतडीमा २ जनामा कोरोना भेटिएको छ।