संसद विघटन प्रतिगामी कदम भएको बादल समूहको ठहर
काठमाडौं,पुस ६। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता रामबहादुर थापा समूहको भेलाले ओलीको कदम प्रतिगामी भएको निष्कर्ष निकालेको छ।
सोमबार मन्त्री क्वार्टर पुल्चोकमा आयोजित भेलाले संसद विघटन प्रतिगामी कदम भएको ठहर गरेको छ ।
भेलामा थापा निकट नेताहरु पम्फा भुसाल, देव गुरुङ ,हितमान शाक्य लगायत २० जनाभन्दा बढी नेता सहभागी थिए ।
भेलामा सहभागी सबैको एउटै स्वर थियो, ‘यो कदम प्रतिगामी हो, यसमा हामी मुकदर्शक भएर बस्न सक्दैनौं ।