नेपालमा थप ७४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं, पुस ६ । नेपालमा थप ७४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ६३५१ जनामा गरिएको परीक्षणमा    ७४२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ।

 

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १०७९ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४४ हजार ७४३ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ७९७६ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमितको संख्या ७ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या १७९५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३११ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा २३५, ललितपुरमा ५५ र भक्तपुरमा २१ जना रहेका छन् ।

कुन जिल्लामा कति थपिए संक्रमित

प्रदेश १ को इलाममा ३, खोटाङमा एकजना, झापामा १०, ताप्लेजुङमा एकजना, धनकुटामा एकजना, पाँचथरमा २, भोजपुरमा एकजना, मोरङमा ३१ जना, संखुवासभामा ३ र सुनसरीमा ७ जनामा कोरोना भेटिएको छ।

 

प्रदेश २ को पर्सामा ३ र बारामा ६ जनामा कोरोना पाइएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र २ सय ३५ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २८, चितवनमा २०, दोलखामा ८, धादिङमा १०, नुवाकोटमा ३, भक्तपुरमा २१, मकवानपुरमा १६, रसुवामा २ रामेछापमा २, ललितपुरमा ५५, सिन्धुपाल्चोकमा ३ र सिन्धुलीमा एकजनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ४२, गोरखामा ४, तनहुँमा १४, नवलपरासी पूर्वमा १८, पर्वतमा ४, म्याग्दीमा एकजना, लमजुङमा ८, बागुलङमा २ र स्याङजामा ३ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ७, गुल्मीमा ६, दाङमा १६, नवलपरासीमा ४, पाल्पामा १३, प्यूठानमा ३, बर्दियामा २, बाँकेमा ६, रुपन्देहीमा ३४ र रोल्पामा ५ जनामा कोरोना पाइएको छ।

 

कर्णाली प्रदेशको जाजरकोटमा एकजना, जुम्लामा एकजना, डोल्पामा ३ दैलेखमा ३, सल्यानमा ३, सुर्खेतमा १६ र हुम्लामा एकजनामा कोरोना भेटिएको छ।

 

यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा २२, कञ्चनपुरमा एकजना, कैलालीमा १०, डडेल्धुरामा ३ , डोटीमा ४,दार्चुलामा एकजना र बझाङमा ४ जनामा कोरोना भेटिएको छ।