यस्तो छ, आजको मौसम पूर्वानुमान

काठमाडौं,पुस ९। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ। हाल देशभारको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेको छ ।

 

हाल गण्डकी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसममा आंशिक बदली रहेको छ ।त्यस्तै देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

 

आज विहान ६ बजे काठमाडौं उपत्यकाको बायुको तापक्रम ५ डिग्री सेल्सियस रहेको छ ।

 

त्यस्तै आजको न्युनतम तापक्रम ४ डिग्री सेल्सियस रहनेछ भने अधिकतम तापक्रम १९ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 

आज दिउँसो प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ ।देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

 

त्यसैगरी आज राती प्रदेश नं १ का पहाडी भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना रहेको छ ।त्यस्तै देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।