काठमाडौँको बल्खुमा जीपको ठक्करबाट एक जनाको मृत्यु, चालक पक्राउ

काठमाडौँ,पुस ९। ललितपुरको बल्खुमा गए राति जीपको ठक्करबाट एक जना युवाको मृत्यु भएको छ। बा२१ च५०६४ नम्बरको जीपले ठक्कर दिँदा नवलपरासी देवचुली नगरपालिका घर भएका २७ वर्षीय ज्ञानु अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

सडकमा पैदल हिँडिरहेको बेला अधिकारीलाई जीपले ठक्कर दिएको हो। जीपको ठक्करबाट गम्भीर घाइते भएका अधिकारीलाई उपचारको लागि तत्कालै नजिकै रहेको बयोधा अस्पतालमा लगिएको थियो।

 

उपचारकै क्रममा उनको मृत्यु भएको हो। दुर्घटनापछि जीपका चालक राजु तामाङलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।