क्रान्तिकारी माओवादीले संसदीय व्यवस्थाको विकल्प संघीय जनगणतन्त्र भन्ने मूल नारासहित चितवनमा विरोधसभा सम्पन्न

नारायणगढ (चितवन) पौष ९। नेकपा(क्रान्तिकारी माओवादी)चितवनको आयोजनामा आज चितवनको नाराणगढ पुलचोकमा विरोध कार्यक्रमको आयोजना गरियो ।

 

उक्त विरोध कार्यक्रममा संसदीय व्यवस्थाको विकल्प संघीय जनगणतन्त्र भन्ने मूल नाराका साथ सम्पन्न गरियो । केपी ओलीको प्रतिगामी असम्वैधानिक ‘कू’का विरुद्धमा उक्त विरोध कार्यक्रम आयोजना गरिएको थियो ।

 

विरोध कार्यक्रममा बोल्ने वक्ताहरुले तथाकथित कम्युनिस्ट सरकारका कारण देश अहिले संकटपूर्ण अवस्थामा पुगेको बताएका थिए ।

 

जनताले दुई तीहाइको मतद्धारा नेकपा(नेकपा) पार्टीलाई सरकार बनाउने अवसर दिए तर संसदीय व्यवस्थाको असफलताका कारण अहिलेको याे अवस्था आएको छ।

 

 अब अरवौ खर्च गरेर संसदको नीर्वाचन होइन देशले संसदीय व्यवस्थाको विकल्प खोजेको छ र त्यो विकल्प भनेको जनगणतन्त्रको स्थापना हो  अनिमात्र देश र जनता सुखी र समृद्ध हुने छ भन्नेमा जोड दिएका थिए ।