निगमले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार: इन्धन लोड–अनलोडमा अब अत्याधुनिक प्रविधि

काठमाडौं,पुस १९। नेपाल आयल निगमको प्रादेशिक कार्यालय लुम्बिनीमा इन्धन लोड अनलोड गर्ने अत्याधुनिक प्रविधि जडान गरेर तेल खन्याउने र भर्ने कार्य सुरु भएको छ ।

 

निगमले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अत्याधुनिक प्रविधिको प्रयोग गरी पेट्रोलियम पदार्थ लोड–अनलोड गर्ने काम सुरु गरेको हो । शनिबार औपचारिक कार्यक्रम गरी सो कार्यको शुभारम्भ गरिएको हो ।

 

निगमका प्रादेशिक कार्यलय प्रमुख प्रलयंकर आचार्यले एपीआई मापदण्डअनुसार पाइपलाइन जडान, भल्भहरू, पम्पहरू जडान साथै ट्यांक÷ट्रक लोड गर्न अत्याधुनिक लोडिङ उपकरण जडान गरिएको बताए ।

 

निगमले २ करोड ५० लाख लगातमा नयाँ प्रविधि जडान गरेर लोड अनलोड गर्न थालिएको प्रमुख आचार्यको भनाई छ । यसमा तीनवटा पम्प जडान भएका छन् । यो प्रविधिमार्फत ८ घण्टामा करिब १० लाख लिटरसम्म पेट्रोलियम पदार्थ लोड गर्न सकिने आचार्यको भनाइ छ ।

 

यसअघि सो कार्यालयबाट ८ घण्टामा ३÷४ लाख लिटर मात्र लोड गर्न सक्ने अवस्था रहेकोमा नयाँ प्रविधि जडानसँगै कार्यालयको क्षमता तीन गुणासम्म बढेको छ ।

 

पुरानो प्रविधिमार्फत कामगर्दा दैनिक काम सम्पन्न गर्न रातिको ९÷१० बजेसम्म कर्मचारी काममा खटिनु पर्नेमा अहिले त्यो समस्या समाधान भएको आचार्यको भनाइ छ ।

 

यस डिपोमार्फत लुम्बिनी प्रदेशका आठ जिल्लामा गरी दैनिक दश लाख देखि ११ लाख डिजेल र तीन लाख लिटर पेट्रोल बिक्री हुँदै आएको छ । नयाँ प्रविधि जडानसँगै विभिन्न जिल्लाबाट पेट्रोलियम पदार्थ लिन आउने तथा भारतका विभिन्न स्थानबाट पेट्रोलियम पदार्थ लिएर आएका ट्यांकरहरू लोड अनलोड गर्न घण्टौसम्म कुर्नुपर्ने मात्र होइन, कतिपय भारतबाट तेल लिएर आएका ट्यांकरलाई सोझै डिलरतर्फ पठाउँनु पर्ने बाध्यताको अन्त्य भएको प्रादेशिक कार्यालयले जनाएको छ ।

 

नयाँ पूर्वाधार सञ्चालनमा आएसँगै माग अनुसार पेट्रोलियम पदार्थ लोड÷अनलोड गरी समयमै पेट्रोलियम पदार्थ आपूर्ति गर्न सक्ने सहज भएको कार्यालयले जनाएको छ ।

यसैगरी सो स्थानमा निगमले ट्यांक ट्रक पार्किङ यार्डको विस्तार गरेको छ । यस अघि निगमसँग पर्याप्त पार्किङको सुविधा नहुँदा विभिन्न समस्या भोग्नु परेको थियो ।

 

पार्किङ निर्माण हुँदा कार्यालय भित्र नै एक पटक करिब १०० वटा ट्यांक-ट्रकहरू पार्किङ गर्न सकिने निगमले जनाएको छ । यसैगरी निगमले दुर्घटनाबाट बच्न ईलेक्ट्रिकल सिस्टमलाई थप प्रभावकारी बनाउने, ईलेक्ट्रिकल सप्लाई निरन्तर बनाउने उद्देश्यअनुरुप ईलेक्ट्रिक प्यानल बोर्डहरू, एटियस प्यानलहरूको जडान सहितको ईलेक्ट्रिकल प्यानल हाउस निर्माण गरिएको छ ।

 

यस ईलेक्ट्रिकल प्यानल हाउसलाई डिपो अटोमेशन पछि कट्रोलिङ कक्ष पनि बनाइने निगमले जानकारी दिएको छ । यसैगरी निगमको प्रादेशिक कार्यालय लुम्बनीमा मटीतेल ट्यांक भण्डारण निर्माण गरेको छ ।

 

भलवारी स्थित कार्यालयको डिपोकोमा मद्मितेल ट्यांक भण्डारण निर्माण गर्दै आएको ट्यांकलाई पेट्रोलमा रुपान्तरण गर्न नयाँ मटितेल ट्यांक भण्डारण निर्माण गरेको हो । निगमले १ करोड लगानीमा सो ट्यांक भण्डारण निर्माण गरेको छ ।

 

हाल यस डिपोमा पेट्रोलको खपत करिब २ सय देखि ३ सय किलो लिटर रहेको थियो । पेट्रोलका भण्डारण क्षमता जम्मा १४० किलोलिटर रहेको कारण माग आपूर्ति धान्न सक्ने निगमले मटीतेलको ट्यांकलाई पेट्रोलमा रुपान्तरण लागेको निगमले जानकारी दिएको छ ।

 

यसले पेट्रोलको भण्डारण क्षमतामा करिब ३ गुनाले बृद्धि भई करिब ३ दिनको आपुर्ति धान्न सक्नेछ । निगमका अनुसार मटीतेलको लागि छुट्टै १४० किलोलिटर क्षमताका दुईवटा ट्यांक निर्माण गरेको छ ।

निगमका अनुसार २०३९ सालमा यस नेपाल आयल निगमले भलवारी डिपोको स्थापना भई यस क्षेत्रमा पेट्रोलियम पदार्थहरूको बिक्रिबितरण को कार्य सुरु भएका थियोे ।

 

करिब ५ बिगाहा क्षेत्रफलमा फैलिएको डिपो परिसरमा डिजेल ३ हजार ४० किलोलिटर पेट्रोल १४० किलोलिटर र मद्मितेल घठढ किलोलिटर को भण्डारण क्षमताका हरूको निर्माण भएको थियो ।

 

अहिले सम्ममा पेट्रोलियम पदार्थको बिक्रि परिमाण माग वृद्धि भए पनि सोही क्षमता नै प्रयोगमा आएको छ । यस डिपोबाट हाल लुम्बिनी प्रादेशका गुल्मी, पाल्पा, अर्घाखाची, नवलपरासी, रुपन्देही, कपिलवस्तु, गण्डकी प्रादेशको स्याङ्जाको पश्चिम भेग र बाग्लुङ जिल्लाका केही भाग गरी जम्मा ८ वटा जिल्लामा अवस्थित पेट्रोल पम्पहरूलाई पेट्रोलियम पदार्थको आपुर्ति गर्दै आएको छ ।

 

भारतको बेतालपुर, गोण्डा, मुगलसराय र नेपालको अमलेगंज डिपोबाट डिजेल, पेट्रोल र मद्मितेल आयात एवम प्राप्ति गरी बिक्रीवितरण गर्ने गरिएको छ ।

 

यसैगरी प्रत्येक उपभोक्ताको घरघरमा पुग्ने खाना पकाउने ग्यास इन्डियन आयलका हल्दिया, पारादिप, बरौनी र मथुरा रिफाईनरीबाट आयात गरी यस क्षेत्रमा अवस्थीत एलपीजी बोटलिङ प्लान्टलाई बिक्री वितरण गर्ने गरिएको निगमले जानकारी दिएको छ ।कारोबार दैनिकमा खबर छ।