प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले गर्‍यो आन्दोलन घोषणा,भन्यो–हामी एक्लै जान्छौँ

काठमाडौं,पुस १९। प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।   आइतबार बसेको केन्द्रीय समितिको बैठकले पुस २५ देखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्मको विरोध प्रदर्शनको कार्यक्रम तय गरिएको जनाएकाे छ।

 

    बैठकले कांग्रेस आन्दोलनमा नै रहेको निष्कर्ष निकाल्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए छन्। उनका अनुसार पुस २५ गते कांग्रेसले प्रदेशसभा क्षेत्रमा प्रदर्शन गर्ने छ भने माघ ३ गते ७५३ वटै स्थानीय तहमा प्रदर्शन गर्नेछ ।

 

माघ ८ गते सबै वडामा विरोध सभा गर्ने निर्णय गरेको छ । कांग्रेसमा आन्दोलनमा जाने विषयमा कुनै विवाद नरहेको पनि जनाएका छन्।

“कांग्रेसविरुद्ध आएका गलत समाचारको खण्डन पनि गरेका छौँ, प्रवक्ता शर्माले बताएका छन्। यो सरकारले नैतिक र राजनीतिक हिसाबले शासन गर्ने अवस्था गुमाएको छ । हामी ओलीका सारथीसँग पनि मिल्दैनौँ, एक्लै जान्छौँ आन्दोलन जान्छाै प्रवक्ता शर्माले जानकारी दिएका छन्।