आज सोमबारको मौसम पूर्वानुमान

काठमाडौँ,पुस २०। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली रही केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको जनाएको छ ।

 

महाशाखाका अनुसार हाल देशैभर सामान्य बदली रहेको छ। आज दिउँसो देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

 

साथै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भूभागका केही स्थान तथा लुम्बिनी, बागमती र प्रदेश १ का भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

यसैगरी, आज राति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका भूभागहरुका केही स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश १ का भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

 

देशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेकोले पर्वतारोहण तथा यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरिएको छ।

 

बदली, वर्षा र हिमपातका कारण अधिकतम र न्यूनतम तापक्रममा केही गिरावट आएर देशैभरि चिसो बढ्ने सम्भावना रहेकोले चिसोबाट बच्न सजग रहनसमेत महाशाखाले अनुरोध गरेको छ।

 

आज दिउँसो देशभर सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भूभागहरुका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न। १ को भूभागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

 

त्यस्तै राति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका भूभागहरुका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न। १ को भूभागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।