नेपालमा थप ५ सय २२ जना कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,पुस २१।नेपालमा थप ५ सय २२ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार २ सय २५ जना सक्रिय संक्रमित छन्।

 

गत २४ घण्टामा ४ हजार ५ सय ५१ जनाको पिसिआर परीक्षण गर्दा ५ सय २२ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ५७ हजार ४ सय ५४ पुगेको छ।

 

मंगलबार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ९३ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ४२ जना क्वारेन्टाइनमा छन्।

 

गत २४ घण्टामा ५ सय ७८ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५५ हजार ६ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ।

कुन जिल्लामा कति थपिए संक्रमित

प्रदेश १ को इलाममा १०, धनकुटामा एकजना, मोरङमा ९, संखुवासभामा २, सुनसरीमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रदेश २ को धनुषामा एकजना, सप्तरीमा एकजना, सर्लाहीमा एकजना र सिराहामा २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र १७१ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा एकजना, चितवनमा ३२, धादिङमा २, नुवाकोटमा ३, भक्तपुरमा ८, मकवानपुरमा ५, रसुवामा एकजना, रामेछापमा २, ललितपुरमा ५३ र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

पछिल्लाे २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ४५, गोरखामा ५, तनहुँमा ३, नवलपरासी पूर्वमा ८, पर्वतमा एकजना, मनाङमा ५, म्याग्दीमा २,लमजुङमा ८, बाग्लुङमा ८ र स्याङजामा ४ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा एकजना, कपिलवस्तुमा ९, गुल्मीमा एकजना, दाङमा ३, नवलपरासीमा ३, पाल्पामा १२, बर्दियामा ६, बाँकेमा १३, रुकुम पूर्वमा एकजना र रुपन्देहीमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

 पछिल्लाे २४ घण्टामा कर्णालीको जुम्लामा एकजना र अछाममा ४ जनामा कोरोना भेटिएको छ । सुदूरपश्चिम प्रदेशको कैलालीमा २१, डडेल्धुरामा ६, डोटीमा ५ र बेतडीमा ८ जनामा कोरोना कोरोना भेटिएको छ।