अब कोभिड अस्पतालले ननकोभिड सेवा सञ्चालन गर्नैपर्ने

काठमाडौं,पुस २३। सबै कोभिड अस्पताललाई ननकोभिड सेवा पनि सञ्चालन गर्न सरकारले निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडबाहेकका अन्य सेवासमेत प्रवाह गर्न निर्देशन दिएको हो ।

 

कोभिड–१९ को रोकथाम तथा नियन्त्रण सम्बन्धमा बुधबार बसेको आईसीएसको बैठकले देशका सबै कोभिड अस्पताललाई निर्णय कार्यान्वयन गराउन परिपत्रसमेत गरिसकेको छ । कोभिड अस्पताल तोकिएकाले अन्य बिरामीको उपचार गर्न आनाकानी गर्दै आएका थिए ।

 

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार सबै अस्पतालले प्रदान गरिरहेका ननकोभिड सेवा सदाझैं नियमित प्रदान गर्नुपर्नेछ ।

 

स्वास्थ्य मन्त्रालयले कोभिडका लागि तोकिएका अस्पतालले कोभिड र ननकोभिड सेवासमेत नियमित रूपमा प्रदान गर्न आग्रह गर्दै कोभिड र ननकोभिड अस्पताललाई परिपत्र गरेको छ ।राजधानी दैनिकमा खबर छ।