नेपालमा थप ३६२ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,पुस २५ ।नेपालमा थप ३६२ जनामा कोरोना भइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार ६९९ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

 

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ । सक्रिय संक्रमितको संख्या ४ हजार ६८१ छ ।

पछिल्लो २४ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ९१३ पुगेको छ ।

 

मन्त्रालयका अनुसार ४ हजार ६८१ जना आइसोलेसनमा छन् । २६२ क्वारिन्टिनमा बसेका तथ्यांकमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कुल १९ लाख ७४ हजार ५६१ पीसीआर परीक्षण गरिएको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित

प्रदेश १ को इलाममा १, झापामा ४ र सुनसरीमा १ जनामा कोरोना पुष्टि भएको छ। गत २४ घण्टामा प्रदेश २ को कुनै पनि जिल्लामा संक्रमित भेटिएको छैन।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र १ सय ५३ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ६, चितवनमा १७, दोलखामा १, धादिङमा ३, नुवाकोटमा २, भक्तपुरमा १८, मकवानपुरमा ६, रसुवामा १, रामेछापमा ३, ललितपुरमा २३ र सिन्धुपाल्चोकमा ६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १५, गोरखामा ३, तनहुँमा १, नवलपरासीमा १ र लमजुङमा १ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा १, दाङमा ४, नवलपरासीमा १, पाल्पामा ३, प्युठानमा २, बर्दियामा १, बाँकेमा १५ र रुपन्देहीमा १८ जनामा कोरोना पाइएको छ।

 

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशको दैलेखमा ३, सल्यानमा १ र सुर्खेतमा ४ जनामा कोरोना भेटिएको छ।

 

सुदूरपश्चिम प्रदेशको अछाममा ५, कञ्चनपुरमा १३, कैलालीमा १८, डोटीमा २, बझाङमा ३ र बाजुरामा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।