यस्तो छ, यी प्रदेशको आजको मौसम पूर्वानुमान

काठमाडौं,पुस २८। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।  हाल देशमा कुनै उल्लेखनिय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ।

हाल मौसमको अवस्था देशको पहाडी भागमा भूभागमा आंशिक बदली रहेको महाशाखाले जनाएकाे  छ।

 

आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ। साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ र तराईका भुभागमा बाक्लो हुस्सु कुहिरोको संभावना रहेको छ। देशका अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

 

त्यस्तै राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ ।

 

 देशको विभिन्न भू(भागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केहि भूभागमा बिहानको समयमा हुस्सु्रकुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएकाे छ ।