आज मिति २०७७ साल माघ ०१ गते बिहीबार पाथीभरा मातालाई दर्शन गरी आजको राशीफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- इष्टमित्रसंग भेटघाट गर्ने अवसर जुट्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग मिल्नेछ ।

 

 

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- आज कुनै कुरामा वैचारिक मतभेद सिर्जना हुनसक्छ । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । परिवारीक समस्या पनि बढ्न सक्छ ।

 

 

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । चिताएको कामले तीव्रता लिनेछ । गरेको कार्यमा सफलता पाईनेछ । पुनर्मिलनको योग रहेको छ ।

 

 

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- आज मानसिक चिन्ता बढेपनि श्रमको उचित मुल्याङ्कन हुनेछ । धर्म कर्ममा मन लाग्नेछ । सबै काम यथावत् रूपमा सम्पन्न हुँदै जानेछन् ।

 

 

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । प्रेम सम्बन्ध कसिलै होला । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।

 

 

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- सामान हराउने वा चोरी हुने भयछ । टाउको दुख्ने तथा रुघा लाग्नेजस्ता समस्याले सताउन सक्छ । आत्मबल बढाएर काम गरेमा लाभ मिल्नेछ ।

 

 

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- सानातिना बाधा–अड्चन आइलागे पनि काम रोकिने छैन । कार्य सम्पादनमा सहजता मिल्नेछ । विद्या र बुद्धिके विकास हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

 

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला ।

 

 

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- आज शुभकार्यको चर्चा चल्ने र नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सांस्कृतिक क्षेत्रबाट सफलता मिल्नेछ ।

 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- सौन्दर्यतामा धन खर्च हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आँटेको र ताकेको कार्य पुरा होला । परिवारसँग समय बिताउने अवसर जुट्नेछ ।

 

 

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- आत्मविश्वास बढ्नेछ । सामाजिक कामको दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । आफन्तसंग भेट पनि हुनेछ ।

 

 

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आस्था बढ्नेछ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । ज्यो.प.नारायणप्रसाद दुलाल