नेपाल र इजराइल चेम्बरबीच सम्झौता

काठमाडौं,माघ १। नेपाल चेम्बर अफ कमर्स र फेडरेशन अफ इजराइल चेम्बर अफ कमर्सबीच व्यावसायिक सम्बन्ध विस्तारका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

 

दुवै पक्षका पदाधिकारी तथा इजराइल स्थित नेपालका राजदूत डा।अन्जान शाक्य तथा नेपालस्थित इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

 

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले समझदारी पत्रबाट दुवै मुलुकका व्यावसायीक निकायबीच व्यापारिक सम्बन्ध कायम हुने विश्वास व्यतm गरे । उनले सम्झौताले नेपाल र इजराइलबीच आर्थिक सम्बन्ध सुदृढ हुने विस्वास व्यक्त गरे ।

 

नेपाल र इजराइलबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा निजी क्षेत्रका अग्रणी संस्थाबीच भएको समझदारी महत्पूर्ण रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

इजराइलका लागि नेपाली राजदूत डा.अन्जान शाक्यले नेपाल र इजराइलका निजी क्षेत्रबीच सम्बन्ध बिस्तारका लागि दुवै चेम्बरको सोझै सम्पर्क कायम राख्न समझदारी पत्र भएको उल्लेख गरिन् ।

 

उनले इजराइलमा नेपालमा उत्पादित चियाको बजार क्रमशः बिस्तार हुँदै गएकाले नेपाली उत्पादनका लागि इजराइल राम्रो गन्तव्य हुने बताइन्।

नेपालका लागि इजराइलका राजदूत हनान गोडर गोल्ड वर्गरले नेपाल पर्यटकीय सम्भावना भएकाले साहसिक पर्यटनका लागि इजराइली पर्यटकको लागि उपयुक्त गन्तव्य भएको बताए ।

इजराइल/नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष अनात वर्नस्टीन राइसले यस समझदारी पत्रद्वारा नेपाल इजराइल नेपालबीच आर्थिक सम्बन्ध बढाउन उपयुक्त मञ्च प्राप्त भएको र कोभिड पश्चात नेपाल र इजराइलबीच व्यावसायीक प्रतिनिधिमण्डलको आदान प्रदान हुने विस्वास व्यक्त गरे ।

 

फेडरेसन अफ इजराइल चेम्बर अफ कमर्सका उपाध्यक्ष अमीर शानीले दुई मुलुकको आर्थिक सम्बन्ध बिस्तार गर्न समझदारीपत्र कोशेढुंगा भएको बताए । यसबाट निजी क्षेत्रको सम्बन्ध विस्तार भएर दुवै पक्षलाई फाइदा हुने बताए ।

हालसम्म नेपाल चेम्बर अफ कमर्सले अन्य देशका ७० वटा विभिन्न अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्ससँग समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ ।कारोबार दैनिकमा खबर छ।