नेपालमा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित 

काठमाडौं,माघ १। नेपालमा थप ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ।

 

  मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार ४२६ रहेको छ । पछिल्लो २४ घण्टामा थप ४०५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६० हजार १७७ पुगेको छ ।

 

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९४३ पुगेको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित 

काठमाडौं उपत्यकामा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै काठमाडौं जिल्लामा २२०, ललितपुरमा २३ र भक्तपुरमा ३ जना रहेका छन् । उपत्यकाबाहिर बाँके र कास्कीमा ३२÷३२ जना र नुवाकोटमा ११ जना भेटिएका छन् । संक्रमित भेटिएका अन्य जिल्लामा भने १० जना भन्दा कम छन् ।