विभिन्न पर्टी परित्याग गरि क्रान्तिकारी माओवादीमा ध्रुवीकरणको लहर

काठमाडौं,माघ १ । नेकपा (क्रान्तिकारी माओवादी) मा विभिन्न राजनीतिक पर्टी परित्याग गरि क्रान्तिकारी धुर्विकरणको लहर चलेको छ, यसै सन्दर्भमा नेकपा (नेकपा)का भैरवि गाउपालिका नेता र कर्मचारि विभागमा काम गर्नु हुने कमरेड, झुमलाल पौडेल पार्टीमा धुर्विकृत हुनु भएको छ ।

 

२०४४ साल देखि दैलेखको कम्युनिस्ट आन्दोलनमा संगठित हुनुभएको पौडेल निरन्तर वर्ग संघर्षका सवै आन्दोलनमा समाहित हुदै निश्वार्थ भावमा आज सम्म लागि रहनु भएको छ ।

 

प्रवेस कार्यक्रमका प्रमुख अतिथि नेकपा (क्रान्तिकारी माओवादी) स्थायी समिति सदस्य तथा देजमो नेपालका अध्यक्ष कमरेड सिपि गजुरेलले कमरेड पौडेललाई स्वागत बधाई तथा शुभकामना दिनु भयो ।

 

प्रमुख अतिथि कमरेड गजुरेलले शुभकामना र स्वागत गर्दै, नेपालि कम्युनिस्ट आन्दोलनमा धेरै उतार चडाव आएको छ, खास अवस्थामा र खास खास आन्दोलनका वेला एकता संघर्ष र रुपान्तरणको प्रकृयामा क्रान्तिकारीहरुको विचमा एकता धुर्विकरणहरु भएको छ, नेपाली वर्ग संघर्षको प्रकृयामा निकै पेचिला लडाई र वहसहरुको विचबाट गुर्जि रहेको छ ।

 

ठिक आजको सन्दर्भ पनि नेपालको राजनीतिक परिवेश नेपाली र विश्व सर्वहारा वर्गको आन्दोलन रक्षा, सन्तुलन र विकासको अग्रगामि छलाङको अवस्थामा छ । यसलाई सही दिशानिर्देश गर्न र कम्युनिस्ट क्रान्तिकारीहरुलाई अवसर र चुनौतिहरु छन ।यस चुनैतिको सामना गर्नुको विकल्प छैन ।

 

अब हाम्रो नेतृत्वमा वर्ग संघर्षको हावा हुन्डरिले दलाल संसदिय व्यवस्था र तिनका मतियारहरु साम्राज्यवाद, विस्तारवाद, र प्रतिक्रियावादी दलाल पुँजीवादीको अन्त गर्नु पर्दछ, भन्नुभयो र कमरेड झुमलाल पौडेलले आफ्नो तर्फबाट प्रतिबद्धता मनतव्य राख्दै, क्रान्तिकारी आन्दोलनमा जीवन प्रयन्त लाग्ने वताउनु भयो ।

 

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का पिविएम दिनेश, र कमरेड प्रवेश केन्द्रीय सदस्य कमरेड ईश्वर तिमिल्सिना र कमरेड वसन्त वोगटीको पनि उपस्थिती थियो । प्रवेश कार्यक्रम कमरेड दिपक बहादुर शाहीले संचालन गर्नु भएको थियोे