विप्लव नेतृत्वको नेकपाले पक्राउ परिएका नेता कार्यकर्ता छुटाउन संघर्षका कार्यक्रम घोषणा (विज्ञप्तिसहित)

काठमाडौं,माघ १। प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आफ्नो पार्टीका नेता- कार्यकर्ताको गिरफ्तारीविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

 

हिजाे (बुधबार) ललितपुरबाट पक्राउ परेका धर्मेन्द्र बास्तोला ‘कञ्‍चन’सहितका नेताहरूकाे रिहाइको माग गर्दै संघर्षका कार्यक्रम घोषणा गरेको छ । बास्तोला सो समूहका अन्तर्राष्ट्रिय विभाग प्रमुखसमेत हुन् ।

विप्लवले एक विज्ञप्ति जारी गर्दै माघ ३ गते देशव्यापी विरोध जुलुस, माघ ५ गते देशव्यापी विरोधसभा, माघ ७ गते, देशव्यापी विरोध प्रदर्शन, माघ ९ गते देशव्यापी मसाल जुलुस, माघ १० गत नेपाल बन्द गर्ने कार्यक्रम गर्ने जानकारी दिएका छन् ।

प्रेस-वत्तव्य