‘प्रतिनिधिसभा मार्न पाइदैन, निरंकुश सरकार चाहिँदैन’ भन्दै डा.गोविन्द केसी सडकमा

काठमाडौं,माघ ३।  प्रतिनिधिसभा विघटनको विरोधमा शनिबार माइतीघर मण्डलामा डा. गोविन्द केसी लगायतका अभियान्ताहरूले प्रदर्शन गरेका छन्।

 

प्रदर्शनमा सहभागीहरुले ‘प्रतिनिधिसभा मार्न पाइदैन, निरंकुश सरकार चाहिँदैन’ नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ’ संवैधानिक सर्वोच्चता कायम गर, संविधान विरुद्धको षड्यन्त्र बन्द गर’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेर सडकमा प्रदर्शन गरिरहेका थिए ।

 

प्रर्दशनमा सहभागी डा. गोविन्द केसीले संविधान रक्षा गर्ने दायित्व न्यायालयको भएको बताएका छन् । प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै उनले अदालत तीन करोड नेपालीको निगरानीमा रहेको पनि बताएका थिए ।