संसद् विघटन राष्ट्रद्रोही कदम संविधान जोगाएर मात्रै चुनावमा जान्छौँ :वरिष्ठ नेता रामचन्द्र पौडेल

काठमाडौं,माघ ३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटन राष्ट्रद्रोही कदम भएको बताएका छन् । कांग्रेस भरतपुर महानगर समितिले भरतपुर १९ शारदानगर टाउनमा आयोजना गरेको विरोध सभामा वरिष्ठ नेता पौडेलले बैशाखमा चुनाव नहुने दाबी गरे ।

 

संसदीय प्रणालीबाट अस्थिरता नआउने गरी ५ वर्ष प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने संविधानमा व्यवस्था गरिएकोमा प्रधानमन्त्री ओलीले संसद्मा कुनै अवरोध नआउँदा, पार्टीमा भएको झगडाले संसद् विघटन गरेर तानाशाह बन्न खोजेको आरोप लगाए ।

 

उनले चुनाव आइहाल्यो भन्दैमा आत्तिन नहुनेसमेत बताए । संविधान जोगाएर मात्रै चुनावमा जाउँला । उनले भनेका छन्, ‘जनताको मतलाई लात हानेर जनताको कुरा गर्न मिल्छ ?

 

कांग्रेस नेतृ डिला संग्रौलाले संविधानको चीरहरण भएको बताइन् । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले केपी आोलीले राजनीतिक अपराध गरेको आरोप लगाए ।