बस र ट्रक ठोक्किदा २ जना घाईते,चालक अवस्था गम्भीर

काठमाडौं,माघ ७। पुर्वी चितवनको राप्ती नगरपालिका ५ भण्डारा नजिकै स्यार्से पेट्रोल पम्प अगाडि बस र ट्रक एक आपसमा ठोक्किदा दुर्घटना भएको छ ।

 

दुर्घटनामा चालक सहित बसका २ जना घाईते भएका छन्। बसका चालककाे अवस्था भने गम्भीर घाईते भएको छ । यता ट्रकतर्फको भने चालक मात्र घाईते भएको प्रहरीले जनाएकाे छ ।

 

काठमाण्डौबाट काकडभिट्टा जाँदै गरेको ना ७ ख २१११ नम्बरको मकालु बस र पुर्वबाट पश्चिम जाँदै गरेको ना ६ ख ४२८१ नम्बरको ट्रक एक आपसमा ठाेक्किए थिए।

 

 दुर्घटना पश्चात ट्रक चालक भने चेपिएको अवस्थमा रहेकोले उद्धारमा केहि ढिलाई भएको थियो । झण्डै ४० मिनेट पछि चेपिएको ट्रक चालकलाई सकुशल उद्धार गरि उपचारको लागि भरतपुर पठाईएको छ ।

 

सकुशल उद्धार गरिए पनि ट्रक चालक चेपिएको अवस्थामा रहेकोले खुट्टामा चोट पुगेको हुन सक्ने ईलाका प्रहरी कार्यालय भण्डाराका ट्राफिक प्रहरीले जनाएका छन्। घाईतेहरु सबैलाई थप उपचारका लागि भरतपुर पठाईएको प्रहरीले जनाएको छ ।