क्रान्तिकारी माओवादी निकट अखिल नेपाल क्रान्तिकारी होटल तथा रेष्टुराँ मजदुर संघले बुझायो (हान) लाइ ११ बुंदे ज्ञापनपत्र
काठमाडौं,माघ १९। नेकपा (क्रान्तिकारी माओवादी)को भातृ संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियान महासंघको घटक संगठन अखिल नेपाल क्रान्तिकारी होटल तथा रेष्टुराँ मजदुर संघले मजदुरहरुका समस्या समाधानको लागि होटेल संघ नेपाल (हान) लाइ ज्ञापनपत्र बुझाएको छ।
होटल तथा रेष्टुराँ मजदुर संघ केन्द्रिय समितिले होटेल क्षेत्रमा कार्यरत मजदुरहरुका समस्या अहिले पनि जस्ताका त्यस्तै भएकाले अब मजदुरका समस्या समाधानको लागि ११ बुंदे ज्ञापनपत्र होटेल संघ नेपाल (हान)का अध्यक्ष श्रीमती सृजना राणालाई बुझाइएको संगठनका अध्यक्ष अर्जुनलाल श्रेष्ठले जानकारी दिएका छन्।
त्यस्तै तत्काल मजदुरका समस्या समधान गर्नको लागि हानको कार्यलयमा गएर ज्ञापनपत्र बुझाइएको र अझै पनि मजदुरहरूको समस्याको समधान नभए थप आन्दोलन गर्नु पर्ने अवस्था आउन सक्ने संगठनका अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन्।
ज्ञापनपत्र बुझाउन संगठनका केन्द्रिय संयोजक अर्जुन लाल श्रेष्ठ ,अतिथि सचिवालय सदस्य बद्री चापागाईं,अतिथि केन्द्रिय सदस्य एबं क्रान्तिकारी पर्यटन मजदुर संगठनका केन्द्रीय अध्यक्ष देवी गौंलि र अखिल नेपाल क्रान्तिकारी होटल तथा रेष्टुराँ मजदुर संघका केन्द्रीय सदस्यहरु र घटक संगठनमा रहेका दर्जनौं मजदुरहरुको बाक्लो उपस्थिति रहेकको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन्।
ज्ञापनपत्रलाई होटेल संघ नेपाल (हान) ले सकारात्मक लिएको र मजदुरका समस्या छिटै समाधानका लगि पहल थालिने प्रतिबद्धता जनाएको अध्यक्षले श्रेष्ठ जानकारी दिएका छन्।
ज्ञापनपत्र:-