यस्तो छ यी प्रदेशको मौसम पूर्वानुमान

काठमाडौं,माघ २१। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ। हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ।

हाल मौसमको अवस्था देशका पहाडी भूभागमा आशिंक बदली रहेको छ भने बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ।तराईका केही स्थानमा हुस्सुरकुहिरो लागेको अवस्था छ ।

 

आज दिउँसो देशको सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकि पहाडी भूभागमा आंशिक बदली साथै अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भुभागका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

त्यस्तै राती देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भुभागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

 

प्रदेश नं १, सुदूर पश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एकदुई स्थानमा हल्का हिमपातको संभावना रहेको साथै तराईका भूभागहरुमा हुस्सु्रकुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।