सर्वोच्च अदालतले अवहेलना मुद्दामा दाहाललाई ७ दिन भित्र लिखित जवाफसहित आफै पेश हुन आदेश

काठमाडौं,माघ २१। सर्वोच्च अदालतले अवहेलना मुद्दामा नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

 

न्यायाधीश मनोजकुमार शर्माको इजलासले दाहाललाई ७ दिनभित्र आफै लिखित जवाफ दिन भनेको हो।

 

अदालतमा विचाराधिन मुद्दामा अदालतको अवहेलना हुनेगरी अभिव्यक्ति दिएको भन्दै दाहालविरुद्ध अधिवक्ता समिर हायुले मुद्दा दर्ता गरेका थिए।