पार्टी स्कुलिङ किन आवश्यक छ ?
” हाम्रा पार्टी संगठनहरुलाई अवश्य पनि देशभरि फिँजाउनु पर्दछ र हामीले निश्चित उद्श्येका साथ दशौ हजार कार्यकर्ताहरुलाई र पहिलो दर्जाका सैयौ नेताहरूलाई तालिम दिनु पर्दछ ।
उनीहरूले माक्र्सवाद – लेनिनवादमा निपुर्ण भएका, राजनीतिक रुपले दूरदर्शी , काममा खुब सिपालु , त्यागको गहिरो भावनाले भरिएका , आफै अघि सरेर समस्याहरुसंग जुध्ने कुशलता भएका , अति अप्ठ्यारा अवस्थाहरुमा समेत विचलित नहुने राष्ट्र , सर्वहारा वर्ग र पार्टीको सेवा गर्न वफादार र भक्त कार्यकर्ता र नेता हुनैपर्छ ।
यस्ता कार्यकर्ता र नेताहरूमा नै पार्टीले आफ्ना सदस्यहरु तथा जनतासितको सम्बन्धको निम्ति भर गर्छ र जनताको दृढ नेतृत्वको लागि उनीहरूमा भर गरेर नै पार्टी शत्रुलाई पराजित गर्न सफल हुन्छ । यस्ता कार्यकर्ता र नेताहरू स्वार्थीपनबाटफ , व्यक्तिवादी शुर्याई र आडम्बरबाटफ , आलस्य र उदासिनताबाट र आफ्नै कुरा माथि पार्ने गुटवादबाट मुक्त हुनुपर्छ र उनीहरूले अवश्य पनि निस्वार्थ भएर राष्ट्रिय तथा वर्गीय वीर योध्दा हुनुपर्छ , हाम्रो पार्टीका सदस्य , कार्यकर्ता र नेताहरूमा हुनुपर्ने गुणहरु र कार्यशैली त्यस्तै हुन् ।
– माओ त्सेतुङ , जापानी आक्रमण विरोधी राष्ट्रिय संयुक्त मोर्चाको निम्ति लाखौं जनसमूहलाई आफूपट्टि तान , ( मे ७ , १९३७ )
क्रान्तिकारी कम्युनिस्ट पार्टीका लागि पार्टी स्कुलिङ किन आवश्यक छ भन्ने कुरा कमरेड माओका माथिका भनाइहरुबाट स्पष्ट हुन्छ । पार्टीले आफ्नो लक्ष्य प्राप्तिका लागि राजनीतिक कार्यदिशा ठोस गरिसके पछि त्यसको सफल कार्यान्वयनका लागि कार्यकर्ताहरु निर्णययात्मक तत्व बन्न पुग्दछन् । पार्टीको नीति , कार्यक्रम , योजना आदि पार्टीले आफ्ना कार्यकर्ताहरुद्वारा जनताका माझमा पुर्याउने हो । त्यसो भएकोले कार्यकर्ताहरु देश , जनता र क्रान्तिप्रति प्रतिबद्ध र समर्पित भएको हुनु पर्दछ ।
महान् क्रान्तिको ऐतिहासिक कार्षभार आफ्नो काँधमा बोकेर हिडेको एउटा क्रान्तिकारी पार्टीका निम्ति लौह फलामे अनुशासनले लैस भएका कार्यकर्ताबिना पार्टीले आफ्नो लक्ष हासिल गर्न मुस्किल हुन्छ । यश प्रकारका देश , जनता र क्रान्तिप्रति प्रतिबद्ध र समर्पित कार्यकर्ताहरु निर्माण गर्नका निम्ति पार्टीले नयाँ नयाँ कार्यकर्ताहरु भर्ती गरेर मात्र हुदैन ।
पार्टीका महत्वपूर्ण स्थान र तहमा जिम्मेवारी दिएर मात्र हुदैन । पहिलो नम्बरमा उनीहरूलाई सर्वहारा वर्गको मुक्तिको सिध्दान्त माक्र्सवाद – लेनिनवाद – माओवादका आधारभूत सिध्दान्तद्वारा दिक्षित तुल्याउन जरुरी हुन्। अर्थात् माक्र्सवादका आधारभूत सिध्दान्तहरु , यसमा माक्र्सवादका तीन संघटक अंग – दर्शन , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका आधारभूत सिध्दान्तद्वारा शिक्षित तुल्याउन जरुरी हुन्छ ।
किनभने सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता , कार्यकर्ताहरुका लागि दर्शनको आवश्यकता पर्दछ । किनकि दर्शनले मानिसलाई विश्वदृष्टिकोण दिन्छ । दर्शन त दुनियाँमा धेरै प्रकारका छन् – जसमध्ये आदर्शजादी दर्शन र भौतिकवादी दर्शन गरी यश दुनियाँमा मुख्यतः दुईवटा दर्शन छन् ।
त्यस मध्ये आदर्शवादी दर्शन अल्पसंख्यकहरुको दर्शन हो । शोषक र शासकहरुको दर्शन हो । यसले आजसम्म यही शोषक वर्ग र शासक वर्गको सेवा गर्दै आएको छ भने यसको ठिक बिपरित भौतिकवादी दर्शनले बहुमतसंख्याको , शासित र उत्पीडित जनसमुदायको , श्रमजीवी वर्गको , पसिना बगाएर काम गरि खाने वर्गको सेवा गर्दै आएको छ ।
यो भौतिकवादी दर्शन नै माक्र्सवादी दर्शन हो । माक्र्सको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो । यसको सिध्दान्त भौतिकवाद हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद सर्वहारा वर्गको विश्वदृष्टिकोण हो । यही दर्शनलेे मात्र मानिसलाई संसारलाई वैज्ञानिक ढंगले हेर्ने , बुझ्ने , ब्याख्या गर्ने , विश्लेषण र संश्लेषण गर्ने तथा त्यसलाई बदल्ने विश्वदृष्टिकोण पैदा गर्दछ ।
दृष्टिकोण नभएको मानिस ” जरा नभएको रुख ” तुल्य हुन्छ । यसकारणले मानिसलाई विश्वदृष्टिकोणको आवश्यकता पर्दछ । त्यसमा पनि वैज्ञानिक विश्वदृष्टिकोण भौतिकवादी विश्वदृष्टिकोण , माक्र्सवादी – लेनिनवादी – माओवादी विश्वदृष्टिकोण , अर्थात् द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणको आवश्यकता पर्दछ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता , कार्यकर्ताहरु विश्व सर्वहारा वर्गका महान् नेता स्टालिनकै शब्दमा ” कम्युनिस्टहरु विशेष धातुले बनेका ” भएकाले उनीहरूलाई दार्शनिक रुपले , सैध्दान्तपक रुपले , वैचारिक रुपले र व्यवहारिक रुपले समेत परिवक्क्व तुल्याई राख्ननका निम्ति ,उनीहरूको दार्शनिक र सैध्दान्तिक धारलाई भुत्ते हुन नपावस भन्नाका निम्ति , सैध्दान्तिक र व्यवहारिक रुपमा विचलन पैदा हुन नपावस भन्नका निम्ति उनीहरूलाई माक्र्सवादी द्वन्द्ववादी ज्ञान- सिध्दान्तका आधारभूत सिध्दान्तहरुद्वारा शिक्षित तुल्याउँदै रहनुपर्ने हुन्छ ।
माक्र्सवादी ज्ञान सिध्दान्त आर्जन नगरेको , माक्र्सवादका आधारभूत सिध्दान्त , त्यसको पध्दतिहरुलाई पालना गर्न नसकेको कुनै पनि क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता , कार्यकर्ताहरु सधै क्रान्तिकारी भइरहन संभव हुदैन ।
उनीहरूमा छिटो छिटो अवसरवादको विकास हुन्छ र उनीहरमाथि तुफानीका रुपमा विचलन पैदा हुन्छ र प्रतिक्रान्तिकारी र प्रतिक्रियावादी बन्न पुग्दछ र बिजातीय तत्वमा विलिन हुन पुग्दछ ।
यश प्रकारका कम्जोरीहरु विश्व कम्युनिस्ट आन्दोलन र नेपाल कै कम्युनिस्ट आन्दोलनमा थुप्रै उदाहरणहरु पाइन्छन् । जस्तो एक कालखण्डमा अति क्रान्तिकारी कम्युनिस्ट पार्टीको रुपमा रहेर महान् दस वर्षेे जनयुद्धको नेतृत्व गरेका प्रचण्ड /बावुराम भित्र मौलाएको चरम अवसरवादले उनीहरूलाई नव संशोधनवादको बाटो भएर घोर दक्षिणपन्थी बनेर एमाले / काँग्रेस लगायतका बुर्जुवा पार्टीहरुमा विलय भएर प्रतिक्रियावादी कित्तामा पुगेर प्रतिक्रियावादी / फासीवादी सत्तामा पुगेका उदाहरणहरु हाम्रा सामु खडा छ ।
यस विषयमा चर्चा गरिरहेको अवस्थामा एउटा के कुरामा हेक्का राख्न जरुरी हुन्छ भने कम्युनिस्ट पार्टीका नेताहरुलाई प्रशिक्षित तुल्याउनु पर्दैन / केन्द्रीय नेतृत्वलाई स्कुलिङ गर्नु पर्दैन , कार्यकर्तालाई मात्र स्कुलिङ गर्नु पर्छ । यति गरे कम्युनिस्ट पार्टी क्रान्तिकारी भइरन्छ भन्ने बुझाई रहेको पाइन्छ ।
यो बुझाई विश्वदृष्टिकोणको फाँटमा अधिभूतवादी चिन्तन भित्र पर्छ । त्यसो भएर क्रान्तिकारी कम्युनिस्ट पार्टीले नेता तथा कार्यकर्ता दुबैलाई व्यवस्थित र योजनाबध्द ढंगले स्कुलिङ गर्न जरुरी हुन्छ । र , हामीले यश विषयमा द्वन्द्ववादी ( मालेमावादी ) विश्वदृष्टिकोणलाई अबलम्बन गर्न जरुरी हुन्छ ।
माथि कमरेड माओले भनेका कुराहरुले पनि प्रष्ट पारेको छ कि उहाले ” हजारौं कार्यकर्ताहरु र सैयौ नेताहरुलाई तालिम दिनु पर्छ ” भन्दै क्रान्तिकारी नेता , कार्यकर्ता निर्माण गर्ने माक्र्सवादी – लेनिनवादी कार्यशैलीका बारेमा प्रष्ट पार्नु भएको छ । हामीले पनि कमरेड माओका यी शिक्षा ग्रहण गर्न आवश्यक हुन्छ ।
यश प्रकारको दुर्घटनाबाट बचाउन र सधै उसलाई क्रान्तिकारी बनिरहन सक्ने बनाउने एक मात्र सैध्दान्तिक , दार्शनिक , वैचारिक र व्यवहारिक हतियार भनेको माक्र्सवाद – लेनिनवाद – माओवादका आधारभूत सिध्दान्तहरु नै हुन् । यो कुनै ” चन्दनको टीका ” होइन । यो एउटा वैज्ञानिक दर्शन , वैज्ञानिक सिध्दान्त र व्यवहारिक सिध्दान्त भएकोले यसको गहिरो एवम् गहण अध्ययनको आवश्यकता पर्दछ ।
यसको प्राप्तिको लागि एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीको कार्यकर्ताका लागि पार्टी स्कुलिङको आवश्यकता पर्दछ । स्कुलिङको महत्व भनेको कम्युनिस्ट पार्टीका नेता , कार्यकर्ताहरुलाई व्यवस्थित र योजनाबध्द ढंगले र वैज्ञानिक ढंगले माक्र्सवादी ज्ञान आर्जन गराउनु हो , सिकाउनु हो ।
अध्ययन भनेको ज्ञान आर्जन गर्नु हो । विगतका ज्ञानहरु , अनुभवहरु , अनुभूतिहरुलाई बुझ्ने र वर्तमानलाई विश्लेषण गरि ज्ञानको अद्यावधिक गर्नुलाई अध्ययन भनिन्छ । जुन अध्ययनबाट अनुसन्धान गरि व्यवस्थित रुपमा ज्ञान प्राप्त गरिन्छ , त्यसलाई वैज्ञानिक अध्ययन पध्दति भनिन्छ ।
सही ज्ञान कहाँबाट प्राप्त हुन्छ ? वस्तुगत जगतबाट सही ज्ञान प्राप्त हुन्छ । ज्ञानको मुख्य श्रोत – प्रत्यक्ष अनुभव हो , सामाजिक व्यवहार हो । ज्ञान एउटा विज्ञानको विषय हो ।
ज्ञान प्राप्त गर्ने सन्दर्भमा कमरेड माओ अगाडि प्रकाश पार्नु हुन्छ , – ” प्रायः पदार्थबाट चेतनामा लग्ने र फेरी पदार्थमा फर्काउने अर्थात् व्यवहारबाट ज्ञानमा लग्ने र फेरि व्यवहारमा फर्काउने बारम्बारका अनेकौं क्रम पछि मात्र सही ज्ञान प्राप्त गर्न सकिन्छ । ज्ञान सम्बन्धि माक्र्सवादी सिध्दान्त ज्ञानको द्वन्द्वात्मक भौतिकवादी सिध्दान्त यस्तो छ ।” ज्ञान सिध्दान्तको क्षेत्रमा कमरेड माओको यो भनाई अत्यन्तै व्यवहारिक र वैज्ञानिक रहेका छन् । ज्ञान आर्जन गर्ने वैज्ञानिक तरिका यही नै हो ।
अध्ययन गर्ने दुई पध्दति छन् – (१) अधिभूतवादी अध्ययन पध्दति र (२) वैज्ञानिक ( द्वन्द्वात्मक ) अध्ययन पध्दति ।
अधिभूतवादी अध्ययन पध्दतिमा ठोस प्रमाण र वस्तुगत यथार्थमा आधारित नभई कल्पना र विचारको शृङ्खलाको आधारमा निचोड निकालिने गरिन्छ , यश प्रकारको अध्ययन पध्दतिलाई अधिभूतवादी अध्ययन पध्दति भनिन्छ ।
वैज्ञानिक ( द्वन्द्ववादी ) अध्ययन पध्दतिमा ठोस प्रमाणका आधारमा गरिने व्यवस्थित अनुसन्धान तथा वैज्ञानिक अनुसन्धान हो । यो प्रायोगिक अनुसन्धान पध्दति हो । वैज्ञानिक अध्ययन पध्दतिको विकास चार्ल्स डार्विनबाट भएको हो ।यो विज्ञानमा मात्र नभएर समाजशास्त्र ,राजनीतिक शास्त्र , अर्थशास्त्र लगायत सम्पूर्ण विषयमा प्रयोग गरिने विधिको रुपमा रहेको छ ।
वैज्ञानिक अध्ययन पध्दतिमा द्वन्द्वात्मकको नियमलाई माक्र्सवादले अपनाएको छ । वैज्ञानिक अनुसन्धान पध्दति नै वैज्ञानिक ( द्वन्द्वात्मक ) अध्ययन पध्दतिको मूल आधार हो ।
अध्ययनका क्षेत्रमा माक्र्सवादी पध्दति अर्थात् द्वन्द्वात्मक भौतिकवादी पध्दति नै वैज्ञानिक अध्ययन पध्दति हो । माक्र्सवादी अध्ययन पध्दति नै वैज्ञानिक ( द्वन्द्वात्मक ) अध्ययन पध्दति हो ।
मालेमावादी अध्ययन पध्दतिका दुईवटा अध्ययनका तरिकाहरु रहेका छन् । (१) स्वअध्ययनको तरिका र ( २) पार्टी स्कुलिङको तरिका ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी र कम्युनिस्टहरूले प्रयोगमा ल्याएको अध्ययन पध्दति र प्रचलनमा रहेको स्वअध्ययनको पध्दतिलाई पहिलो तरिका मान्दछन् । ठूला ठूला वैज्ञानिकहरुले स्वअध्ययनलाई नै पहिलो तरिका अप्नाइएको पाइन्छ ।
गहिरो स्वअध्ययनकै तरिका र माध्यमबाट आफ्नो अनुसन्धानलाई वैज्ञानिकहरु सफल तुल्याउन सार्थक रहेको पाइन्छ । कार्ल माक्र्स – फ्रेडरिक एंगेल्सले पनि स्वअध्ययनकै तरिकाबाट संसारका हरेक चीजहरुो गहिरो र गहण अध्ययन गरेर माक्र्सवादको प्रतिपादन गर्न सफल हुनु भएको थियोे ।
अर्कोतर्फ क्रान्तिकारी कम्युनिस्ट पार्टी र क्रान्तिकारी कम्युनिस्टहरूले स्वअध्ययनको पध्दतिलाई अध्ययनको पहिलो तरिका मान्नुका साथै पार्टी स्कुलिङको अध्ययनको पध्दतिलाई अंगिकार गरेको पाइन्छ ।
सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु र सच्चा क्रान्तिकारी कम्युनिस्टहरूले आफ्ना नेता , कार्यकर्ताहरुलाई अनुशासित , योजनाबध्द तरिकाले अध्ययन गर्न र देश , जनता र क्रान्तिका लागि समर्पित नेता , कार्यकर्ताहरु तयार पार्न र माक्र्सवादका आधारभूत सिध्दान्तहरुबाट दिक्षित तुल्याउनका निम्ति पार्टी स्कुलिङको व्यवस्था गर्दै आएका छन् ।
माक्र्सवादका आधारभूत सिध्दान्तहरु अर्थात् माक्र्सवादका तीन संघटक अंगहरु – दर्शन , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका समग्र विषयमा दिक्षित नबनाएसम्म क्रान्तिकारी नेता , कार्यकर्ताले भरिपूर्ण भएको अब्बल दर्जाको क्रान्तिकारी कम्युनिस्ट पार्टी भन्न सकिदैन । त्यसो भएर नै क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले पार्टी स्कुलिङको व्यवस्था गर्दै आएका छन् ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु र क्रान्तिकारी कम्युनिस्ट नेताहरुलेे पार्टी स्कुलिङको व्यवस्थापन गर्दै आएको पाइन्छ । जस्तैः लेनिन , माओ त्सेतसङ , हो चि मिन्ह , किम इल सङ आदि नेताहरूले पार्टी स्कुलिङको व्यवस्था गरेर आफ्ना नेता , कार्यकर्ताहरुलाई माक्र्सवादका आधारभूत सिध्दान्तहरुबाट शिक्षित तुल्याएर वास्तविक व्यवहारमा समेत खरो ढंगले उतारेकै कारण उहाँहरु आफ्नो घोषित लक्ष्य प्राप्त गर्न र प्राप्त उपलब्धिहरुलाई संरक्षण गर्न सफल हुनु भएको थियोे ।
नेपाली कम्युनिस्ट आन्दोलनले ७० वर्ष पार गरिसकेको छ । यश बीचमा पुष्पलालीय पार्टी स्कुल र मोहन विक्रम सिंह पार्टी स्कुल गरि दुईवटा पार्टी स्कुल रहेकोमा यी पार्टी दुबै स्कुलहरुमा पुष्पलाललीय स्कुल माले – एमाले हुदै दक्षिणपन्थी संशोधनवादी बाटो हुदै प्रतिक्रियावादीमा पुगेर नेपाली कम्युनिस्ट आन्दोलनबाट समाप्त हुन पुग्यो भने मोहन विक्रम सिंहीय पार्टी स्कुल पनि माओवादी , एमाओवादी , माके हुदै पहिले नै प्रतिक्रियावादीमा पतन भइसकेको एमालेमा विलय भएर माओवादी आन्दोलनबाट विलिन हुन पुगेको छ ।
भनाइएका कम्युनिस्ट पार्टीका विना स्कुलिङका , विना विचारका नेता , कार्यकर्ताहरु कस्ता हुन्छन् भन्ने कुरा कतै खोज्न जान पर्दैन । वर्तमान नेपालकोो सत्ताधारी नेकपा नेता , कार्यकर्ताहरुलाई हेरे पुग्छ । यश विषयमा यत्तिमात्र भनु अहिले ।
जनयुद्धको जगमा सशस्त्र जनविद्रोहको नेपाली नयाँ जनवादी क्रान्तिको कार्यदिशा पारित गरेर महान् नेपाली नयाँ जनवादी क्रान्तिको ऐतिहासिक कार्यभार बहन गरिरहेको हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) ले आफ्ना नेता , कार्यकर्ताहरुलाई स्वअध्ययनका अलवा पार्टी स्कुलिङ मार्फत् माक्र्सवादका आधारभूत सिध्दान्तहरु र पार्टीले ठोस गरेको महान् नेपाली नयाँ जनवादी क्रान्तिका रणनीतिक तथा कार्यनीतिक लक्ष्य हासिल गर्न प्रतिबध्द र समर्पित नेता कार्यकर्ताहरु निर्माण गर्ने उद्श्येले प्रारम्भिक तह , बिस्तृत तह , विशिष्ट तह र अनुसन्धानात्मक तह गरि चार तहको पार्टी स्कुलिङको व्यवस्था गरेको छ ।
केन्द्रीय पार्टी स्कुल विभाग , प्रदेश स्तरीय पार्टी स्कुल विभाग र जिल्ला स्तरीय पार्टी स्कुल विभागको वैधानिक व्यवस्था गरेको छ ।
हामीले प्रारम्भिक तह , बिस्तृत तह , विशिष्ट तह र अनुसन्धानात्मक तह गरि चार वटै तहको पाठ्यक्रम निर्धारण गरेर केन्द्रीय पार्टी प्रशिकहरु तयार पार्ने , त्यस्तै केन्द्र , प्रदेश तथा जिल्ला तहहरुमा विभिन्न समयमा पार्टी स्कुलिङ मार्फत् प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएका छौ ।
हाम्रो पार्टीको मातहतमा रहेको क्रान्तिकारी युवा लिगका नेता , कार्यकर्ताहरुलई विभिन्न प्रदेशहरुमा पुगेर व्यवस्थित र योजनाबध्द ढंगले केन्द्रीय पार्टी स्कुलको तर्फबाट स्कुलिङ गर्दै आएका छौ । ती स्कुलिङहरुले युवाहरुलाई निकै उत्साहित तुल्याउदै आएको छ । यसले क्रान्तिकारी युवाहरु निर्माण गर्ने कार्यमा कोसे ढुङ्गाको काम गरेको छ ।
नेपाली कम्युनिस्ट आन्दोलनमा विभिन्न कालखण्डमा नेतृत्व गर्दै आएका कम्युनिस्ट पार्टीकोो नेतृत्वले आफ्ना नेता , कार्यकर्ताहरुलाई माक्र्सवादका आधारभूत सिधेदान्तहरुले लैस बनाउने र देश , जनता र क्रान्तिप्रति समर्पित गराउने सवालमा त्यति ध्यान नदिएको इतिहास छ । जसका कारणले आज नेपाली कम्युनिस्ट आन्दोलनले ७१ वर्ष पार गरिसक्दासम्म आफ्नो लक्ष्यमा पुग्न सकिरहेको छैन । यस्तो हुनुमा स्कुलिङको अभाव पनि एउटा कारण रहेको छ ।
महान् दस वर्षेे जनयुद्ध नेपाली क्रान्तिको क्रान्तिकारी इतिहासमा सबैभन्दा ठूलो अर्थात् भीषण युध्द थियो । यसको उपलब्धि पनि निकै ठूलो विरासत बोकेर अमर रहेको छ ।
यसका उपलब्धिहरुलाई देशीविदेशी प्रतिक्रियावादी शक्तिहरुलाई बुझाउदै जनयुद्धको नेतृत्व गरेर आएका प्रचण्ड र बावुरामहरु वर्गीय रुपमा समेत देशीविदेशी प्रतिक्रियावादीहरुका सामु आत्मसमर्पण गर्दै विजातीय तत्वमा विलिन हुन पुगेर माओवादी आन्दोलन विसर्जन हुन पुगेको छ ।
माओवादी आन्दोलन विसर्जन हुनुमा तत्कालीन माओवादी पार्टीले स्कुलिङ नगर्नु , नचलाउनु पनि रहेको छ । अर्थात् माओवादी आन्दोलन विसर्जन हुनुमा स्कुलिङको अभाव हुनु पनि एउटा महत्वपूर्ण कारण रहेको छ ।
महान् दस वर्षेे जनयुद्धमा सामेल भएका हजारौं कार्यकर्ताहरुमा दशौ हजारले सहादत प्राप्त गर्न पुगे भने बाँकी नेता कार्यकर्ताहरुलाई माओवादी पार्टीले व्यवस्थित र योजनाबध्द ढंगले स्कुलिङ गराएको भए प्रचण्ड र बावुराम वैचारिक रुपले विचलित भएर काँग्रेस र एमालेमा विलय भएर महान् नेपाली क्रान्तिका लाल गध्दार बन्दै प्रतिक्रियावादी तथा फासीवादी सत्ताको मतियार बनेका प्रचण्ड र बावुरामका पछाडि लागेर महान् दश वर्षेे जनयुद्धमा सरिक भएर आएका माओवादी आन्दोलन भित्रका हजारौं कार्यकर्ताहरु प्रचण्ड र बावुरामका पछाडि लागेर काँग्रेस र एमालेका नेता , कार्यकर्ता भन्दा पनि तल गिरेर ज्यान पाल्नकै लागि त्यहाँ पुग्ने थिएनन् ।
माक्र्सवादका आधारभूत सिध्दान्तहरुद्वारा शिक्षित नतुल्याएर कोरा कार्यकर्ता बनाएका कारण प्रचण्ड – बावुराम माओवादी आन्दोलनलाई विसर्जन गराएर देशीविदेशी प्रतिक्रियावादीहरुको इच्छा इच्छा , आकांक्षा पुरा गराउन सफल भए ।
माओवादी आन्दोलन र महान् दश वर्षेे जनयुद्धका उपलब्धिहरुलाई देशीविदेशी प्रतिक्रियावादी शक्तिलाई बुझाएर फासीवादी सत्ताको मतियार बन्ने योजनाका साथ अगाडि बढेकाले प्रचण्डले स्कुलिङहरु समाप्त पारेका हुन भन्ने कुरा अहिले प्रमाणित हुन पुगेको छ ।
विगतदेखि नै वैचारिक रुपले विचलित भए पछि एमालेले पनि स्कुलिङलाई समाप्त पारेर नेताका आसेपासे , चाकडीबाज , दलाल चरित्रका कार्यकर्ताहरु तयार पारेर आफ्नो स्वार्थपुर्ति गर्दै आएका हुन भने प्रचण्ड – बावुरामहरुले पनि वैचारिक रुपमा विचलित भए पछिआफ्नो स्वार्थपूर्ति गरिदिने क्षमता राख्ने विचारविहिन आसेपासे , झोले झण्डे , दलाल र राजनीतिक रुपमा लम्पट कार्यकर्ताहरु तयार पार्ने योजनाबध्द ढंगले लागेका थिए भन्ने कुरा अहिलेसम्मका उनीहरूका क्रियाकलाप र घटनाक्रमहरुले पुष्टि गर्दै आएका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीले पार्टी स्कुलको वैज्ञानिक व्यवस्थापन गरेर आफ्ना नेता , कार्यकर्ताहरुलाई माक्र्सवादका आधारभूत सिध्दान्तका बारेमा घनिभूत रुपले स्कुलिङ गरेर साँच्चिकै माक्र्सवादी – लेनिनवादी बनाएर देश , जनता र क्रान्तिप्रति समर्पित बनाएको थियोे र कमरेड माओले पनि ३/८ नियम बनाउने र आफूले पनि पालना गर्ने र नेता , कार्यकर्ताहरुलाई पनि स्कुलिङ मार्फत् पालना गर्न लगाउने काम गर्नु भयो ।
साथै कमरेड माओले व्यवहारबारे , अन्तर्बिरोधबारे , उदारतावादको बिरोध गर , मनोगदवादको बिरोध गर , घिसेपिटे पार्टी लेखनको बिरोध गर , युवा आन्दोलनको दिशा , संस्कृतिविनाको सेना बोधो सेना हो , बोधो सेनाले युध्द जित्दैन जस्ता दार्शनिक , सैध्दान्तिक तथा व्यवहारिक लेखहरु लेखेर नेता , कार्यताहरुलाई स्कुलिङ गराउनु भयो र जनमुक्ति सेना ( लाल सेना ) आफै सर्वोच्च कमाण्डर भएर सिध्दान्तकार मात्रै नभएर फौजी बनेर पार्टीको नेतृत्वमा बनेको जनमुक्ति सेनालाई फौजी आदेश र निर्देशन जारी गरेर जनतालाई समेत संगठित र फौजिकरण गर्नु भएका कारण चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक महासचिव छन तु श्यू , दोस्रो महासचिव लि लि सान र तेस्रो महासचिव वाङमिङलाई क्रमशः सन १९२७ , १९२९ र १९३५ मा दक्षिणपन्थी , उग्रवामपन्थी र मध्येपन्थी विचलनमा परेका महासचिवहरुलाई पार्टीले कार्वाही गरेर फ्याँके पछि एक जना पनि चिनियाँ नेता , कार्यकर्ताहरु ती गध्दारहरुका पछि लागेनन् । उनीहरूले त पार्टी खोल्न खोजेकै थिए ।
यसरी एक जना नेता , कार्यकर्ताहरु ती पार्टीबाट फ्याँकिएका गध्दारहरुको पछाडि नलाग्नुको मुख्य कारण चिनियाँ कम्युनिस्ट पार्टीले अत्यन्तै जिम्मेवारीका साथ आफ्ना तथा कार्यकर्ताहरुलाई सकुलिङ गरेको थियो र पार्टीबाट फ्याँकिएका गध्दारहरुबाट चिनियाँ क्रान्ति संभव छैन र उनीहरूबाट न चिनियाँ जनताको भविष्य उज्यालो हुन्छ , न त पार्टीका नेता , कार्यकर्ताहरुले अन्धकारमा हिड्नु सिबाय अर्को बिकल्प छैन भन्ने कुरा स्कुलिङ मार्फत् राम्ररी बुझाइएको कारण एक जना पनि पार्टी भन्दा बाहिर नगएका कारण ठूलो पार्टीमा दुई लाईन संघर्ष चल्दा खेरी पनि पार्टी कहिल्यै फुटेन । यसबाट आज पनि हामीले शिक्षा लिन जरुरी छ ।
चीनको एउटा असल शिक्षाको विषय हो यो । विश्वका अन्य कम्युनिस्ट मुलुकहरु भियतनाम , कोरिया , क्वुवाको शिक्षा पनि यस्तै असल शिक्षा छ ।
नेपाली कम्युनिस्ट आन्दोलनमा विभिन्न कालखण्डमा कम्युनिस्टको नेतृत्व गर्दै आएका नेताहरुमा चरम अवसरवादमा फसेको देखाउनु पर्ने भएकोले कार्यकर्ताहरुलाई स्कुलिङ गर्ने , टाँठाबाँठा भए भने आफ्नो विरोध गर्छन् र पछि लाग्दैनन् भन्ने ठानेर कार्यकर्ताहरुलाई विचारविनाका राजनीतिक रुपमा लम्पट बनाएर वरिपरि घुमाउने र आफ्नो निहित स्वार्थपूर्ति गर्न सुगम हुने भएकोले कार्यकर्ताहरुलाई आसेपासे र दलाल बनाई राख्ने भएकोले आजसम्म नेपाली कम्युनिस्ट आन्दोलन विभाजित अवस्थामै छ ।
यसले उहीँ एउटै कार्यकर्ता आज एउटा पार्टी अर्को पार्टीमा गएको देखिन्छ । यश प्रवृत्तिले र्नेपाली क्रान्तिलाई ठूलो नोक्सानी पर्दै आएको छ । यसलाई हामीले तोडेर नयाँ क्रान्तिकारी संस्कृतिको निर्माण गर्ने र हाम्रो पार्टीको नीति र योजना बनेकाले पार्टी स्कुलिङलाई बढी वैज्ञानिक र व्यवस्थित गर्दै आएको छ ।
सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टी ले विषयगत अर्थात् माक्र्सवादका तीन संघटक अंगका रुपमा रहेका दर्शन , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका विषयमा आवश्यक दक्षता हासिल गरेका , अध्ययन / अध्यापन जस्तो महत्वपूर्ण काममा रुचि भएका , अध्ययन / अध्यापन कार्यमा विशेष क्षमता र कला भएका पार्टी भित्रका प्रशिक्षक कमरेडहरुलाई राम्रो प्रशिक्षण / प्रशिक्षित तुल्याउने काममा विशेष ध्यान दिन अनिवार्य र जरुरी हुन्छ । व्यक्ति हेरेर होइन , सम्बन्धित प्रशिक्षणका विषयमा आवश्यक दक्षता र सीप, कला भएका प्रशिक्षका रुपमा पार्टीले पहिचान गरेर प्रशिक्षण जस्तो जटिल र महत्वपूर्ण काममा खटाइने , अनुगमन गर्ने पध्दति र वैधानिक व्यवस्था गरिएको हुनु जरुरी हुन्छ।
प्रशिक्षण दिलाउने , ठाउँ , प्रशिक्षण कक्ष ,फर्निचर लगायतका साधनहरुको आवश्यक वातावरण मिलाउने , आर्थिक , भौतिक वातावरण मिलाउने काम पार्टीले वैज्ञानिक ढंगले व्यवस्थापन गरेको हुनु पर्छ ।
यसका अतिरिक्त प्रशिक्षणका लागि आवश्यक पर्ने हाइटबोर्ड, मार्कर पेन , डस्टर , पेन्सिलिन , टेप, आवश्यक कागजाज, र संभव भएसम्म ईल्याक्टनिकका साधनहरु पनि पार्टीले व्यवस्थापन गरेमा प्रशिक्षार्थी कमरेडहरुलाई बुझाउन सजिलो हुन्छ ।
यसका अतिरिक्त पार्टीले ठोस गरेको पाठ्यक्रमका अधिनमा रहेर प्रशिक्षर्थिहरुका लागि पाठ्यपुस्तकहरु तयार पार्ने र पार्टीकै मातहतमा रहने गरि पुस्तकालयकोो व्यवस्था पार्टीले मिलाएको हुनु ज्यादै महत्वपूर्ण काम पनि पार्टीले गर्नुपर्ने हुन्छ। पार्टी स्कुलिङलाई पार्टीले खेलाँचिका रुपमा ग्रहण गर्नु हुदैन ।
स्कुलिङ त बुर्जुवाहरुले पनि गरेका हुन्छन् । संशोधनवादीहरुले पनि गरेका हुन्छन् । उनीहरूले गर्ने स्कुलिङ देश , जनता र क्रान्तिका निम्ति हुने कुरै भएन , बाँकी आफ्नो निहित स्वार्थपूर्ति गर्ने र नेताहरुको गुणगान गाउने , भजनमण्डली तयार , नेताका आसेपासे तयार पार्ने र नेताका वरिरि घुम्ने राजनीतिक रुपले लम्पट कार्यकर्ताहरु निर्माण गर्ने उद्श्येले स्कुलिङ गरेका हुन्छन् ।
अहिले नेपालमा उत्तर माक्र्सवादीहरु र नव माक्र्सवादीहरुले पनि माक्र्सवादी नामका विभिन्न माक्र्सवादी अध्ययन केन्द्र खोलेर माक्र्सवादी कक्षा सञ्चालन गरिरहेका छन् । यो खासै नौलो र महत्वको विषय होइन । जनताको लागि यो धेरै चासोको विषय पनि होइन । मुख्य सवाल त केका लागि माक्र्सवादी कल्लास चलाउने , केका लागि स्कुलिङ सञ्चालन गर्ने भन्ने कुरा हो । यश प्रकारका स्कुलिङहरु कम्युनिस्टहरूको नाममा भ्रम छर्नु , भ्रमको खेती गर्नु बाहेक अरु केही होइन।
हामी सच्चा क्रान्तिकारी कम्युनिस्टहरूले , अर्थात् क्रान्तिकारी माओवादी पार्टीले पार्टी मार्फत् पार्टी स्कुलिङ सञ्चालन गर्ने भनेको मुलुकमा आमूल परिवर्तन गर्नका लागि हो । महान् नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर नेपाललाई वैज्ञानिक समाजवाद हुदै वैज्ञानिक साम्यवादसम्म पुर्याउनका लागि हो ।
नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) नेपाली सर्वहारा वर्गको राजनीतिक संगठित अग्रदस्ता हो । यो पार्टी महान् नयाँ नेपाली जनवादी क्रान्तिको ऐतिहासिक कार्यभार संहालिरहेको नेपाली सर्वहारा वर्गको राजनीतिक अग्रदस्ता समेत हो । यसयको काँधमा महान् नेपाली क्रान्ति सम्पन्न गर्ने युगिन कार्यभार बहन गरिरहेको एउटा जिम्मेवार क्रान्तिकारी कम्युनिस्ट पार्टी भएकोले यश पार्टीका नेता कार्यकर्ताहरु अब्बल दर्जाका क्रान्तिकारी योध्दा हुनु अनिवार्य छ ।
स्टालिनकै भाषामा ” विशेष धातुले बनेका ” कम्युनिस्ट क्रान्तिकारी हुन जरुरी छ । यसका लागि माक्र्सवादका आधारभूत सिध्दान्तद्वारा सुसज्जित हुन जरुरी छ । यसको प्राप्तिका लागि माथि पनि उल्लेख गरिएको छ , पार्टीले चार तहको पार्टी स्कुलिङको पाठ्यक्रमको व्यवस्था गरेको छ । यसै मार्फत् पार्टीका नेता कार्यकर्ताहरुलाई मालेमावादका आधारभूत सिध्दान्तहरुद्वारा लैस गराउन जरुरी हुने भएकोले पार्टी स्कुलिङको विषय अनिवार्य बनाइएको छ ।
माक्र्सवादको अध्ययनले कम्युनिस्ट पार्टीका सदस्य तथा नेता , कार्यकर्ताहरुमा विश्वदृष्टिकोण पैदा गरिदिने भएकोले यसको अध्ययन अनिवार्य विषय बन्न गएको छ ।
स्कुलिङविनाका नेता , कार्यकर्ताहरु कस्ता हुन्छन् भन्ने कुरा जान्नका लागि धेरै टाढा जान पर्दैन । आजकल नामधारी कम्युनिस्ट अर्थात् सत्ताधारी नेकपाका नेता , कार्यकर्ताहरुलाई हेरे प्रसस्तै जानकारी हुन्छ ।
अत: महान् क्रान्तिको ऐतिहासिक कार्यभार बहन गरिरहेको कुनै पनि क्रान्तिकारी कम्युनिस्ट पार्टीले आफ्ना नेता , कार्यकर्ताहरुको उचित व्यवस्था गरेको छैन भने त्यस प्रकारको कम्युनिस्ट पार्टीले आफ्नो लक्ष्य हासिल गर्न असम्भव हुन्छ।
सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीले महान् क्रान्तिका लक्ष्य हासिल गर्ने ऐतिहासिक कार्यभार पुरा गर्ने भएकोले नेताहरुको वरिपरि घुम्ने र घुमाउने चरित्र भएका कार्यकर्ताहरु नभएर माक्र्सवाद – लेनिनवाद – माओवादका आधारभूत सिध्दान्तहरुले लैस भएका र रुसमा लेनिन – स्टालिनले लौह फलामे अनुशासनले बाँधेर बोल्विकीकरण गरिएका जस्ता कार्यकर्ता र चीनमा कमरेड माओले निर्माण गरेका र फर्माण गरिका ३/८ का अनुशासनका नियमहरु पालन गर्न सक्षम सावित भएका क्रान्तिकारी योध्दाहरु जस्ता र भीषण वर्गसंघर्षमा होमिन सक्ने आँट भएका र पार्टी भित्र चल्ने दुईलाईन संघर्ष तथा विचारधारात्मक अन्त: संघर्षमा भाग लिन सक्ने तथा विचारवाण नेता , कार्यकर्ताहरु निर्माण गर्नुपर्ने भएकोले हामीलाई पार्टी स्कुलिङको आवश्यकता परिरहेको हो । यश आलेखमा यही विषयको महत्वलाई स्पष्ट पार्ने कोसिस गरिएको छ।
कम्युनिस्ट पार्टी विधि , पध्दतिबाट चल्ने भएकोले पार्टी स्कुलिङको व्यवस्थापन , रेखदेख र अनुगमन तथा मूल्यांकन गर्ने सम्पूर्ण जिम्मेवारी पनि पार्टीकै मातहत रहेको हुन्छ । केन्द्रीय समितिको अधिनस्त रहेको हुन्छ । विभागहरुले भने पार्टीको वीइङ्सका रुपमा काम गरिरहेका हुन्छन् । केन्द्रीय कमिटीको मातहतमा रहेर काम र कर्तव्य निर्वाह गर्ने पध्दति र प्रचलन कायम भएको हुन्छ कम्युनिस्ट पार्टीमा । सच्चा क्रान्तिकारी कम्युनिस्टहरूको वैज्ञानिक कार्यशैली पनि यही नै हो ।
( लेखक – नेकपा ( क्रान्तिकारी माओवादी ) केन्द्रीय पार्टी स्कुल विभागका सचिव हुन् ) ।