नेपाली कांग्रेले प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा गरिएको नियुक्त्तिविरुद्ध संघर्ष गर्ने (विज्ञप्तिसहित)

काठमाडौं,माघ २३ । नेपाली कांग्रेले प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा गराइएको शपथ ग्रहणमा थप गम्भीरता राख्दै आन्दोलनका लागि अपिल गरेको छ।

 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने बताएका छन्। यस अघि कांग्रेसले पुस १३, पुस २५, माघ ३, माघ ८ र माघ १९ मा विभिन्न तहमा प्रधानमन्त्रीको कदमविरुद्ध प्रदर्शन गरेको थियो।

 

भोलि पनि शुभेच्छुक संस्थाहरुको प्रदर्शन पश्चात फागुन ३ गते ७७ जिल्लामै नेपाली कांग्रेस जिल्ला कार्यसमितिको नेतृत्वमा एकसाथ प्रदर्शनको कार्यक्रम छ।

 

नेकपाको सरकार बनेपछि जनविरोधी कदमहरु र प्रवृत्ति विरुद्ध नेपाली कांग्रेस संसद र सडक दुबै ठाउँमा सालिन ढंगले प्रस्तुत हुँदै आएको शर्माले बताएका छन्।

 

संसद विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने तर जनताले दुःख पाउने गरि बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्ने कांग्रेसले बताएको छ।

 

संवैधानिक परिषद सम्बन्धि संविधानमा ब्यवस्था गरिएको प्रावधान, मर्म र विधिलाई वर्तमान सरकारले शुरु देखिनै कुल्चिंदै आएको बिषयमा संस्थागत निर्णयका साथ नेपाली कांग्रेस प्रष्ट रुपले विरुद्धमा उभिएको विज्ञप्तिमा उल्लेख छ।

 

संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गर्ने कदम होस् या त्यसपछिको बैठक अथवा पछिल्लो सपथग्रहण। दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्म गर्ने सर्वसत्तावाद उन्मुख प्रवृत्ति विरुद्ध हाम्रो संघर्ष जारी छ। विज्ञप्तिमा भनिएको छ।