क्रान्तिकारी माओवादी निकट अनेमसंघ (क्रान्तिकारी)ले बैतडीकी १७ बर्षीया किशोरी भट्टको हत्याको छानबिन गरी हत्यारालाई कडा भन्दा कडा सजाय दिन जोडदार माग (प्रेस वक्तव्यसहित)

काठमाडौं,माघ २५ । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले बैतडीको दोगडा केदार गाउँपालिका-७, चिडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याको छानबिन गरि हत्याराहरुलाई कठोर भन्दा कठोर सजाय दिन जोडदार माग गरिएको छ ।

वक्तव्य जारी गर्दै अनेमसंघ (क्रान्तिकारी)कि अध्यक्ष अम्बिका मुडभरीले यस्तो माग गर्नु भएको हो ।

वक्तव्यमा बलात्कारजस्तो मानवता विरुद्धको जघन्य अपराधले नपुगेर किशोरीको बाँच्न पाउने अधिकार समेत खोसिएको भन्दै भट्टका हत्याराहरुलाई कठोर सजाय दिन जोडदार माग गरिएको छ ।

वक्तव्यमा महिलामाथि हुने हिंसा, बलात्कार र हत्याका घटनाको विरोध गर्दै यस्ता घटनाहरुको प्रतिरोधमा उत्रन आव्हान समेत गरिएको छ ।

माघ २० गते विद्यालयबाट फर्कने क्रममा भट्ट बेपत्ता भएको र बिहीबार साँझ घर नजिकै लखलेक जंगलमा हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना विकको गोठ जाँदै गर्दा अपहरण गरी बलात्कारपछि हत्या गरिएको घटना नसेलाउँदै यस किसिमको घटना हुनुले राज्य महिला र बालिकामाथि हुने हिंसा र बलात्कार नियन्त्रणका लागि चरम असंवेदशील र जवाफदेही नभएको पुष्टी भएको छ ।

मुलुकमा दिनानुदिन मानवताविरोधी यस्ता घटना भइरहनु सरकारको लापरबाही, असंवेदशीलता र मानवअधिकारको संरक्षण गर्न नसक्नुको पराकाष्ठाको हो भन्दै यतिखेर चौतर्फी रुपमा किशोरी भट्टको हत्याको विरोध र हत्यारामाथि हदैसम्मको कारबाहीको माग भइरहेको छ ।

यसैबीच, हरिकृष्ण गजुरेल नेतृत्वको अखिल (क्रान्तिकारी)ले पनि एक वक्तव्य जारी गरि कक्षा १२ मा अध्ययनरत छात्रा भागिरथी भट्टको हत्याको छानबिन गरि हत्यारालाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ ।

 प्रेस वक्तव्य-