आजको मौसम पूर्वानुमान
काठमाडौं,माघ २६। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।
हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । हाल मौसमको अवस्था देशभर मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आँशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
त्यस्तै आज राती सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आँशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
चिसो अझै रहिरहने तथा तराईका भूभागहरुमा हुस्सु कुहिरोको अझै सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।