संसदीय व्यवस्थाबिरुद्ध क्रान्तिकारी माओवादीलगायका चार पार्टीको रणनैतिक मोर्चाले भोलि संघर्षका कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौँ,माघ २८। नेकपा (क्रान्तिकारी माओवादी)सहितका चार राजनितिक दलले भाेली माघ २९ गते संसदीय व्यवस्थावाट देश र जनताको मुक्ति सम्भंव छैन भन्दै संसदीय निर्वाचन बहिष्कार गर्दै आएका चार पार्टीले संसदीय व्यवस्थाबिरुद्ध रणनैतिक मोर्चा निर्माण गरेका छन्।  

 

जसको घोषणा भोलि माघ २९ गते काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनवाट हुने क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य हरिकृष्ण गजुरेलले जानकारी दिएका छन्।  

 

नेकपा क्रान्तिकारी माओवादीले सङ्घीय जनगणतन्त्र अवकाे एक मात्र विकल्प भएकाे र  संसदीय व्यवस्थावाट देश र जनताको मुक्ति सम्भंब नभएकाे पनि साे पार्टीले बताउदै आएकाे छ।

 

अब संघर्षको शंखघोष गरेर भए पनि सङ्घीय जनगणतन्त्र स्थापना गरि छाेड्ने नेता गजुरेलले बताएका छन् उनले भने जुन कुरा हालै झन्डै दुई तिहाई बहुमत प्राप्त केपी ओली नेतृत्वकाे सरकारले राष्ट्र र जनहितको काम गर्न नसकेर संसद बिघटन गरेर पुष्टि गरि सकेको छ।

 

वर्तमान संकटवाट देश र जनतालाई पार लगाउन अब सङ्घीय जनगणतन्त्रमार्फत बैज्ञानिक समाजवाद स्थापना निर्विकल्प बन्न पुगेको गजुरेले बताएका छन् । जसको फलस्वरूप नेपालमा पहिलो पटक क्रान्तिकारी पार्टीहरकाबीचमा क्रान्तिकारी संयुक्त रणनैतिक मोर्चा बनेको छ।

 

 

संयुक्त मोर्चा निर्माण गर्ने चार पार्टीहरू, मोहन वैद्य किरणले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी,ऋषि कट्टेलले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल आहुतिले नेतृत्व गरेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका बीचमा समाजवाद र जनगणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ रणनैतिक संयुक्त मोर्चा निर्माण गरिएकाे हो ।

 

  मोर्चाले भोलि प्रज्ञा भवन कमलादीमा कार्यक्रम गरेर आफ्ना भावी योजना, कार्यक्रम र अवधारणालाई सार्वजनिक गर्दैछ। मोर्चाले वर्तमान सरकार र राज्यव्यवस्थाका विरुद्ध श्रृंखलाबद्ध आन्दोलनको घोषणा समेत गर्न सक्ने नेता गजुरेलले जनाएका छन्।