ऐतिहासिक महान् नेपाली जनयुद्धको अवसरमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको (प्रेस वक्तव्यसहित)

विषय :  सलाम छ दश वर्षेे नेपाली जनयुद्धलाई 

 आज फागुन १ गते महान् नेपाली सशस्त्र जनयुद्धको २६ आौ वर्षगाँठको यो अवसरमा हामी  विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको  छाता संगठन  हाम्रो अन्तर्राष्ट्रिय  लेखक / केन्द्रले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) को नेतृत्वमा सन १९९६ फेब्रुअरी १६ ( बीसंं . २०५२ साल फागुन १ गतेदेखि  २०६२ सालसम्म सञ्चालन गरिएको महान् नेपाली सशस्त्र जनयुद्धलाई सलामी चढाउँदछ ।
 
किनकि सोभियत रुस र चीनमा भएको भीषण प्रतिक्रान्तिबाट विश्व सर्वहारा वर्ग , उत्पीडित राष्ट्र तथा उत्पीडित जनसमुदाय एवं विश्व वैज्ञानिक समाजवादी शिविर भित्र व्याप्त निरासा छाइरहेको बेला र अमेरिकी साम्राज्यवादको पिठ्युँ  तत्कालीन   पेरुको फुजिमोरी प्ररतिक्रियावादी सरकारले  कमरेड गोन्जालोको गिरफ्तारी पश्चात् पेरुभियाली सशस्त्र जनयुद्धले सेडब्याक खाइरहेको अवस्थामा नेपालमा भने तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) को पहलमा दश वर्षसम्म सञ्चालन गरिएको सशस्त्र नेपाली जनयुद्धले नेपालको प्रतिक्रियावादी सत्तालाई मात्र नभएर विश्व साम्राज्यवाद , विस्तारवाद तथा सबैखाले प्रतिक्रियावादी सत्ताहरुको मुटुमा ढ्याङ्ग्रो ठोकाउन सफल भएको र नेपाली सर्वहारा वर्ग र श्रमजीवी वर्गको लागि मात्र नभएर विश्वभरका भाइचाराहरुका लागि समेत नेपाली सशस्त्र जनयुद्ध  एउटा भरोसायोग्य शक्तिको रुपमा स्थापित हुन पुगेको  तथा र चीनमा  कमरेड माओको निधन पश्चात् चिनियाँ लालसेना सत्ताधारी सेनामा परिणत भएको परिस्थितिमा नेपालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) को नेतृत्वमा ७/७ डिभिजन तहको जनमुक्ति सेना ( लाल सेना ) को निर्माण भै प्रतिक्रियावादी सत्तालाई ध्वंस पार्न ठुल ठूला फौजी हमलाहरुमा विजय प्राप्त गर्न सफल भएका कारणले पनि हाम्रो प्यारो संगठन अन्तर्राष्ट्रिय लेखक / पत्रकार केन्द्र दश वर्षेे सशस्त्र जनयुद्धलाई साल सलामीको न्यानो अभिवादन टक्र्याउन जायज ठान्दछ ।
       
 
त्यस दश वर्षेे नेपाली सशस्त्र जनयुद्धले रणनीतिक रक्षा तथा सन्तुलनको प्रक्रिया हुदै प्रत्याक्रमणको प्रक्रियामा अत्यन्तै भव्य रुपमा अग्रता हासिल गर्दै क्रान्तिको विजयको सन्निकट अवस्थामा पुगेको बेला पार्टीको मुख्य नेतृत्वमा पैदा भएको नवसंशोधनवादी चिन्तनले देशीविदेशी प्रतिक्रियावादी शक्तिहरुका सामु लम्पसार परेर आत्मसमर्पण गर्दै विजातीय प्रतिक्रियावादी कित्तामा विलय हुन पुगे पछि महान् दश वर्षेे जनयुद्धले सेडब्याक खान बाध्ये भएको भएता पनि नेपाली सर्वहारा वर्ग र माओवादी क्रान्तिकारी कम्युनिस्टहरू निरास भएका छैनन् भन्ने हाम्रो ठम्याई छ र आज नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) त्यही दश वर्षे जनयुद्धको जगमा सशस्त्र जनविद्रोहको कार्यदिशा ठोस गरेर महान् नेपाली नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्ने उद्श्येका साथ क्रान्तिका कामलाई अगाडि बढाइरहेको हामीले महसूस् गरिरहेका छौ । 
     
 
मालेमावादको पथप्रदर्शामा भारतमा सशस्त्र जनयुद्ध सञ्चालन भइरहेको छ । यश अतिरिक्त फिलिपिन्स ,  टर्की , भेनेजुयला, अफगानिस्तान , फ्रान्स , जर्मनी , नेदरल्यान्ड , बेल्जियम लगायतका देशहरूमा सम्बन्धित देशका माओवादी कम्युनिस्ट पार्टीहरुले सशस्त्र जनयुद्ध सञ्चालन गर्ने छलफल चलाइरहेका छन् । विश्वका धेरै देशहरूमा माओवादीहरुको प्रभाव र जनआक्रशन बढिरहेको छ।
         
 
आजको युगको माक्र्सवादका रुपमा स्थापित हुन पुगेको माओवाद र माओवादीहरुमाथि साम्राज्यवादी तथा सबैखाले संशोधनवादीहरुले चारैतिरबाट हमला गरिरहेको वर्तमान परिस्थितिमा विश्वभरका माओवादी कम्युनिस्टहरूले साम्राज्यवाद विरोधी संयुक्त मोर्चा निर्माण गर्न आवश्यक भएको हुनाले संसारभरका सम्पूर्ण माओवादी कम्युनिस्ट पार्टीहरुलाई त्यसप्रति अग्रसर हुन  हामी आग्रह गर्न चाहन्छौं ।
             
 
महान् नेपाली क्रान्तिलाई विजयसम्म पुर्याउने उद्श्येले भर्खरै मात्र नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) नेपाल कम्युनिस्ट पार्टी , वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी , नेपाल र नेकपा गरि चार कम्युनिस्ट पार्टीहरुका बीचमा रणनैतिक  संयुक्त मोर्चा निर्माण भएको घोषणा गरिएको समाचारले नेपाली सर्वहारा वर्ग र आम मुक्तिकामी जनसमुदायलाई पक्कै पनि हर्षित तुल्याएको छ भन्ने हामीलाई महसूस् भइरहेको छ र हाम्रो संगठन अन्तर्राष्ट्रिय लेखक / पत्रकार केन्द्र उक्त रणनैतिक मोर्चालाई बधाई तथा लक्ष्य एवं     कार्यकुशलताको शुभकामना समेत  व्यक्त गर्दछौं । धन्यवाद ।
                 
क्रान्तिकारी अभिवादन सहित ।
 
मिति : १३ फेब्रुअरी २०२१
         ( १ फागुन २०७७ )
                                                                                              ( हस्तबहादुर केसी ) 
                                                                                                     अध्यक्ष 
                                                                                      अन्तर्राष्ट्रिय लेखक / पत्रकार केन्द्र 
                                                                                      केन्द्रीय कार्यालय , काठमाडौं , नेपाल 
प्रेस वक्तव्य-