आज देशभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना

काठमाडौं,फगुन २। हाल देशभरको मौसममा पश्चिमी वायुको प्रभाव कायम रहेको छ।हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रदेश नं. १ का केही भू–भागको मौसममा आंशिकदेखि सामान्य बदली भएको छ ।

 

देशका पहाडी भू–भागहरुको मौसममा पनि आंशिक बदली रहेको छ ।देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

 

आज काठमाडौंको न्युनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २१ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 

आज दिउँसो देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको छ ।देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

देशका उच्च पहाडी र हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात हुने संभावना छ।देशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का बर्षा हुने संभावना रहेको विभागले जनाएको छ।

 

त्यसैगरी आज राती देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ ।देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

प्रदेश नं १, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक, दुई स्थानमा हल्का बर्षा हुने संभाबना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।