नेकपा विवाद टुंग्याउनु भन्दा आयोगलाई निर्वाचन आचारसंहिताको चिन्ता

काठमाडौँ,फागुन ३। निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद नसल्ट्याइ निर्वाचन आचारसंहिता लगाउने तयारी थालेको छ ।

 

निर्वाचनमा सहभागिता हुनुपर्ने ठूलो दलको आधिकारिकता विवाद टुंगो लगाउनुभन्दा चुनावको गृहकार्यमा केन्द्रीत हुन थालेको हो ।

 

आचारसंहिता तयार गर्ने प्रयोजनका लागि सुझाव संकलन गर्न आयोगले आइतबार सबै दललाई छलफलका लागि बोलाएको थियो ।

 

उक्त छलफलमा नेकपाको प्रचण्ड नेपाल समूहले विवाद नसल्ट्याइ निर्वाचनसम्बन्धी कुनै पनि गृहकार्य अघि नबढाउन आयोगलाई चेतावनी दिएको छ । कान्तिपुरमा खबर छ ।