नेपालमा थप १०५ जनामा कोरोना संक्रमण,थप ९९ जना डिस्चार्ज
काठमाडौँ,फागुन ४ ।नेपालमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या दुई लाख ७२ हजार ९४५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ९९ जना डिस्चार्ज भएका छन् ।
योसहित कोरोना मुक्त हनेको कुल संख्या दुई लाख ६९ हजार ३०३ पुगेको छ । कोरोना निको हुने प्रतिशत ९८।६ रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, पछिल्लो समय कोरोनाबाट मृत्यु हुनेको संख्या सून्य रहेको छ । हाल ७४ जना क्वारेन्टाइनमा छन् भने १ हजार ५८७ जना आइसोलेसनमा रहेका छन् ।
अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०५५ पुगेको छ । मृत्यु हुनेको प्रतिशत ०.७५ रहेको मन्त्रालयले जानकारी दिएको छ ।