आज मिति २०७७ साल फागुन ६ गते बिहीबार पाथीभरा मातालाई दर्शन गरी आजको राशीफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- श्रमको उचित मुल्याङ्कन हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला ।

 

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ ।

 

 

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।

 

 

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- आज पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग पनि मिल्नेछ ।

 

 

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- आज इनाम र प्रतिष्ठा कमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ ।

 

 

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोमाञ्चक यात्रा होला । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

 

 

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- मन खिन्न हुने स्थिति आउनेछ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजक रहनु होला ।

 

 

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- आज विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ ।

 

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो-प्रेममा बाधाका साथै मन कमजोर रहला । घर परिवारमा झै–झमेलाको अवस्था आउला । कार्यमा अवरोध आउला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

 

 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- नोकरी तथा व्यवसायमा लाभ मिल्नेछ । आर्थिकस्तर माथि हुनेछ । रमाईलो यात्रा तथा मान सम्मान मिल्नेछ । अधुरो काम बन्न सक्छ ।

 

 

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।

 

 

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- आज मायाँ प्रेममा सामिप्यता बढ्नेछ भने घर परिवार तथा आफन्तबिचको सम्बन्धमा सुधार भएर जानेछ । शुभ समाचार पनि सुन्न पाईएला । ( ज्यो।प। नारायणप्रसाद दुलाल