क्रान्तिकारी माओवादी निकट अनेमसंघ (क्रान्तिकारी)सहितका संयुक्त महिला संघर्ष समितिले ग-यो भागरथी भट्टको बलात्कार पछि हत्याविरुद्ध प्रदर्शन

काठमाडौं,फागुन ८। नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेमसंघ (क्रान्तिकारी) सहितका संयुत्त महिंला संघ, संघर्ष समितिले महिंला हिंसाविरुद्ध आज काठमाडौंको  बसन्तपुर दरबार क्षेत्रमा प्रदर्शन गरेका छन्।

 

अखिल नेपाल महिला संघ, अखिल नेपाल महिला संघ(क्रान्तिकारी), अखिल नेपाल महिला संघ क्रान्तिकारी, वैज्ञानिक समाजवादी महिला संगठन नेपाल, अखिल नेपाल महिला युनियन र नेपाल महिला फेडरेशनको संयुक्त महिला संघर्ष समितिको आयोजनामा आज काठमान्डौको शान्तिबाटिका रत्नपार्कबाट सुरु भएको विरोध जुलुर्स भोटाहिटी, असन, इन्द्रचोक हुंदै हनुमान ढोका अगाडिको सभामा परिणत भएको थियो ।

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्या भए पछि आज विभिन्न पार्टी सवद्ध संघ संगठनहरूका महिलाले विरोध जनाएका छन्।

त्यस्तै अब आउने दिनमा देशभरका किशोरीहरू सुरक्षित हुनु पर्ने सरकारले महिला हिंसाविरूद्धका घटना गर्नेलाइ मृत्यु दण्ड दिने सम्मको कानुन ल्याउनु पर्ने महिला सरोकारवाला संघठनहरूले बताएका छन्।  त्यस्तै भागरथीका हत्यारा कुनै पनि बाहानामा उम्किन नपाओस् भन्दै सरकारलाइ खवरदारी समेत गरेका छन्।

 

  कार्यक्रममा क्रान्तिकारी माओवादीकी महिला नेतृ लक्षमी मुडवरीले महिलाहरु दिन दहाडै बलत्कार हुने गरेकोले अब सबै महिलाहरु एकपटक एकजुट हुनेवेला आएको उनले बताएकी छन्।

 

उनले अहिलेको केपी सरकार र गृह मन्त्रीलाई हत्या हिंसा बलात्कार लगायतका समस्या समाधान गर्न आग्रह समेत गरेकी छन् । 

विभिन्न प्ले कार्ड र नारासहित महिलाहरू सडकमा आएका थिए भने कार्यक्रमको आयोजना संयुक्त महिला संघर्ष समितिले  गरेको थियो।

 

त्यसैगरी क्रान्तिकारी माओवादीका ३ नम्बर प्रदेश संयोजक शोभा गेलाल र विद्यार्थी नेतृ शिलु न्यौपाने सहित प्रदेश र जिल्ला स्तरका महिला नेताहरुको उपस्थित रहेको थियो।

 

त्यस्तै संयुक्त माेर्चा सवद्ध पार्टिहरू, नेकपा (क्रान्तिकारी माओवादी),नेकपा (मसाल), बिप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा, आह”ती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी नेपाल र नेकपा (संयुक्त) सँग आबद्ध महिला सङ्गठन मिलेर बनेको संयुक्त महिला सङ्घ सङ्घर्ष समितिको आयोजनामा सो विरोध प्रदर्शन र सभा सम्पन्न गरिएको हो ।