पुरा भए नेताहरुका सपना,अधुरै छन् शहिदहरुका सपना
” हजारौं हजार शहिदहरुले जनताको हितको निम्ति आफ्नो जीवन वीरतापूर्वक अर्पण गरेका छन् , हामी तिनको झण्डालाई माथि उचालौ र तिनको रगतले गाढा भएको बाटोमा अघि कढौ ।”
– माओ त्सेतुङ , ” संयुक्त सरकारका विषयमा ” ( अप्रिल २४ , १९४५ )
आज फागुन १४ गते । नेपाली कम्युनिस्ट आन्दोलनको ७१ वर्षको इतिहासमा आजको दिन अत्यन्तै महत्वपूर्ण एवम् ऐतिहासिक दिन हो । आजकै दिन अर्थात् २०५२ साल फागुन १४ गतेलाई महान् दस वर्षेे जनयुद्धको सहिद दिवसको रुपमा मनाइन्छ । अर्थात् ऐतिहासिक माओवादी आन्दोलनमा फागुन १४ गतेदेखि २१ गतेसम्म सहिद सप्ताहका रुपमा मनाउने गरिन्छ ।
यस दिनको ऐतिहासिक महत्व हुनुको कारण २०५२ साल फागुन १४ गते माओवादी भएको आरोपमा गोर्खाका दिलबहादुर रम्तेलाई तत्कालीन नेपाली काँग्रेसको प्रतिक्रियावादी सरकारले गोली हानेर निर्ममतापूर्वक हत्या गरेको थियोे। दिलबहादुर रम्तेल महान् दस वर्षे जनयुद्धका पहिलो सहिद हुनुहुन्छ । रम्तेल सहित महा् दश वर्षेे जनयुद्धको प्रक्रिया अबधिभर दश हजार भन्दा बढी नेपाली आमाका असल तथा आँटी छोराछोरीहरुले देश , जनता र क्रान्तिका निम्ति आफ्नो अमूल्य जीवन उत्सर्ग गरेका थिए ।
त्यस्तै महान् दस वर्षेे जनयुद्धको प्रक्रियामा दशौ हजार घाइते – अपांग बनाइएका थिए भने हजारौंलाई तत्कालीन प्रतिक्रियावादी सत्ताले ज्यान बिपत्ता परेको थियो , जसको आजसम्म राज्यले किटान गरेको छैन ।
माथि उल्लेखित हजारौं शहिदहरु , घाइते – अपांगहरु र हजारौंको संख्यामा तत्कालीन प्रतिक्रियावादी सत्ताले ज्यान बिपत्ता पारिएकाहरुले नेपालमा सैयौ वर्षदेखि नेपाली जनताको बीचमा अधिनायकवादी सत्ता चलाउदै आएको सामन्ती राजतन्त्र अर्थात् साम्राज्यवाद र सामन्तवादको आडभरोसामा टिकेको प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त पारी नयाँ जनवादी राज्यसत्ता स्थापना गर्ने महान् उद्श्ये बोकेर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) सञ्चालन गरेको महान् जनयुद्धमा लामबध्द भइरहेको र महान् नेपाली क्रान्तिको झण्डा बोकेर , टाउकोमाथि रातो कपन बाँधेर महान् नेपाली क्रान्तिका सुन्दर सपनाहरु पुरा गर्ने उदात्त भावनाका सात महान् दस वर्षेे जनयुद्धमा लामबध्द भै क्रान्तिको झण्डा बोकेकै अवस्थामा जीवन उत्सर्ग गरेका थिए ।
महान् दस वर्से जनयुद्धले २५ वर्ष पुरा गरेर २६ वर्षमा प्रवेश गरिसकेको छ । यस धेरै पानी बगिरहेको छ बीचमा नेपालका नदी – नालाहरुमा पानी मात्र होइन , महान् शहिदहरुको रगत पनि बगिरहेको छ ।
यस बीचमा माओवादी जनयुद्धको मुख्य नेतृत्व गरेका प्रचण्ड – बावुरामहरु पटकपटक सरकारमा गए , तर ती महान् शहिदहरुका ती सुन्दर सपनाहरु पुरा गर्नतिर लागेनन् , उल्टै आफ्ना सपनाहरु पुरा गर्नतिर लागे । उनीहरू शहिदहरुका परिवारहरुका , घाइते – अपांगहरुका परिवारजनहरुका समस्याहरु र राज्यद्वारा बिपत्ता पारिएका परिवारजनहरुका समस्याहरु समाधान गर्नेतिर कुनै ध्यान दिएनन् । विल्कुल आफ्ना परविार , नातागोता , छोरी , जुवाईँ , सालासालीहरुका सपनाहरु पुरा गर्ने तिरमात्र ध्यान दिए ।
ऊनीहरुले सहिद परिवार , घाइते तथा विपत्ता पारिएका परिवारहरुका कुनै हेर चाह र रेखदेख गरेरनन् र आफ्नै परिवार , नातागोताहरुका परिवारहरुको रेखदेख र हेरचाह मात्र गरे ।
आफ्ना आसेपासे , दलाल , चाकडीबाज , उनका बिचौलियाहरु , आफ्नै झोले – झण्डे र राजनीतिक रुपमा नेताहरुका लम्पट कार्यकर्ताहरुको मात्र हेरचाह र रेखदेख गरे । उनीहरूलाई पटकपटक माननीय , मन्त्री र विभिन्न तहका नेता बनाएर नेताहरुकै गुणगान गाउने लम्पट कार्यकरेताहरुको भिड जम्मा गरेर आफ्नो र आफ्नै परिवार र नातागोताहरुलाई मालामाल तुल्याउने , रातारात अरबपति , खरबपति बनाउने काम गरे । तर सहिद परिवार , घाइते – अपांग परिवार र विपत्ता पारिएका परिवारलाई कुनै वास्त गरिएन ।
आफ्नो निहित स्वार्थ पुरा गर्नका लागि पटकपटक काँग्रेस – एमाले जस्ता प्रतिक्रियावादीहरुसित मिलेर शासन गरे। भ्रष्टाचार , कमिशनबाट राज्यको सम्पत्ति दोहन गरेर पुस्तौ पुसतासम्म पुग्ने सम्पत्ति माओवादीका नेताहरुले जम्मा गर्न कुनै लाज सरम मानेनन् ।
त्यति मात्र होइन , आफ्नो र आफ्नो परिवारजनको स्वार्थ पुरा गर्न र अरबौ खरबौको सम्पत्ति आर्जन गर्नका लागि महान् जनयुद्धका सम्पूर्ण उपलब्धिहरुलाई प्रतिक्रियावादी शक्तिशीत बेचेर प्रचण्डको ठूलो झुन्ड पहि ले नै प्रतिक्रियावादमा पतन भइसकेको एमालेमा विलय हुन पुग्यो भने डाक्टर बावुराम भट्टराई काँग्रेस हुदै अहिले मधेसवादी दलमा प्रवेश गरेका छन्।
पुरानो एमालेको केपी ओली गुटसित प्रचण्डको प्रधानमन्त्रीको पदको भागबन्डा नमिल्ने , शक्ति र लाभका पदहरुको भागबन्डा निमल्दा , राष्ट्रको सम्पत्ति कस्ले कब्जा गर्ने भन्ने विषयमा आन्तरिक कलह पैदा भए पछि पार्टी भित्रको अान्तरिक कलहकारण प्रधानमन्त्री समेत रहेका केपी ओलीले संसद विघटन गरेर प्रचण्ड समुहलाई विचलित तुल्याई दिए पछि नेपाली जनतालाई दुरुपयोग गरेर सडकमा शक्ति प्रदर्शनका नौ टंकी नाटक मञ्चन गरिरहेका थिए । अहिले सर्वोच्च अदालतले विघटित संसदलाई ब्युताइदिए पछि प्रचण्ड समुह हौसिदै काँग्रेससित मिलेर पुनः प्रतिक्रियावादी सत्ता सञ्चालन गर्ने दाउपेजमा लागिरहेको छ भने केपी ओलीले पनि जनविरोधी , राष्ट्रविरोधी खेलकाँठा गरिरहेका छन् ।
यसरी आज घोर अवसरवादी र प्रतिक्रियावादीमा रुपान्तरण भएका माओवादी आन्दोलनका प्रचण्ड – बावुराम लगायतका नेताहरुका प्रतिक्रियावादी सत्तामा जाने आफ्नो स्वार्थको लागि जेपनि गर्ने र अकुत सम्पत्ति आर्जन गर्ने काममा लागिपरेका कारण उनीहरूका सपना रहरु पुरा भइसकेका छन् भने माथि उल्लेख गरिएका महान् शहिदहरुका सपना अधुरै छन् ।
ती महान् शहिदहरुका ती महान् नेपाली क्रान्तिका सुन्दर सपना हरु अब माओवादीका नाममा प्रतिक्रियावादीमा परिणत भइसकेकाहरुबाट पुरा हुने कुनै सम्भावना छैन । केवल महान् नयाँ जनवादी क्रान्तिले मात्र पुरा गर्नेछ ।
माथि कमरेड माओले भन्नू भए झै ती नेपाली जनताको हितको निम्ति आफ्नो जीवन विरतापूर्वक अर्पण गरेका हजारौं हजार हाम्रा ती वीर शहिदहरुका झण्डाहरुलाई माथि उचाल्दै र तिनका रगतको गाढा भएको बाटोमा अगाडि बढेर मात्र ती महान् शहिदहरुका महान् नेपाली नयाँ जनवादी क्रान्तिका सुन्दर सपनाहरु पुरा गर्न सकिन्छ । यही नै महान् शहिदहरुप्रति सच्चा श्रध्दान्जली हुनेछ ।
मिति : १४ फागुन २९७७
बुढानिलकण्ठ नपा – २ , काठमाडौं
( लेखक : नेकपा ( क्रान्तिकारी माओवादी ) केन्द्रीय पार्टी स्कुल विभागका सचिव हुन् ) ।