उपनिवेशहरू र अर्धउपनिवेशहरूका निम्ति माओव्दारा विकसित क्रान्तिको मार्ग

चीनीयॉ क्रान्तिका सफलता केवल चीनको मुक्ति मात्रै थिएन, त्यसले त माक्र्सवाद–लेनिनवादको विकासमा थप विकास गर्ने काम गरयो । त्यसैले चीनीयॉ जनताको गणतन्त्रको स्थपनापछि अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनले उपनिवेशहरू र अर्ध–उपनिवेशहरूका निम्ति क्रान्तिको चीनीयँ मार्गको महत्वलाई तुरून्तै खुल्ला मान्यता दियो । २७ जनवरी १९५०मा, अन्तिम शान्तिका लागि, जनताको जनवादका लागि, कोमिनफोर्मको मुखपत्रको सम्पादकीयमा निम्न तीनवटा महत्वपूर्ण संश्लेषण यसरी गरिएको थियो–

 

१-चीनीयाँ जनताले लिएको बाटो ‘‘।त्यो बाटो हो, जुन घेरै उपनिवेश र अरूमा आश्रित देशहरूले उनीहरूको राष्ट्रिय स्वतन्त्रता र जनताको जनवादका लागि संघर्षमा जनताद्धारा अवलम्न गरिनु पर्दछ ।

२-चीनीयाँ जनताको विजयी राष्टिय मुक्ति संघर्षका अनुभवले सिकाउछन् कि मजदुर वर्ग सबै वर्गहरू, पार्टीहरू, समूहहरू र संगठनहरूसित जो साम्राज्यवाद र तिनीहरूका भरौटेहरूसित लडन र मजदुर वर्ग र यसको अघिल्लो पंक्ति–कम्युनिष्ट पार्टीद्धारा नेतृत्व गरिएको एउटा फराकिलो, राष्ट्रव्यापी संयुक्त मोर्चा गठन गर्न इच्छुक छन् , एकतावद्ध हुनै पर्दछ ।

 

३-राष्टिय मुक्ति संघर्षको विजयी प्रतिफलका लागि एउटा निर्णायक अवस्था जब आवश्यक आन्तरिक परिस्थितिले यसलाई अनुमति दिन्छ, यो भनेको कम्युनिष्ट पाटीको नेतृत्व अन्तरगत जनताको मुक्ति सेनाहरूको गठन हो ।

 

यसरी, माओद्धारा विकसित माक्र्सवादी–लेनिनवादी सिद्धान्तको सार्वभौम सान्दर्भिकता त्यो भनेको माओवादलाई–मान्यता दिइयो,यद्धपि त्यससमयमा माओत्सेतुंग विचारधारा भनियो र विश्वभरका खासगरी उपनिवेशहरू र अर्ध– उपनिवेशहरूमा रहेका सच्चा क्रान्तिकारीका लागि मार्गनिर्देश बन्यो ।

 

माओको क्रान्तिको चीनीयॉ मार्गको मान्यता क्रान्तिको विकासका दौरानमा उनका अनगिन्ति लेखहरूमार्फत विकास भएका थिए । लेनिनले पहिले नै देखाएका थिए कि साम्राज्यवादी र सर्वहारा क्रान्तिको युगमा पुँजीपतिले होइन् सर्वहाराले पुँजीवादी जनवादी क्रान्तिको नेतृत्व लिने छ ।

 

माओले उनको नयाँ जनवाद वारेमा, यो बुझाइलाई अगाडि सादै, अरू ज्यादा मार्गनिर्देश गरेकी यो युगमा, उपनिवेश अथवा अर्ध–उपनिवेशमा गरिने कुनै पनि क्रान्ति साम्राज्यवादका विरूद्ध निर्देशित गरिनु पर्दछ , पुँजीवादी–प्रजातान्त्रिक विश्व क्रान्तिको पुरानो वर्गिकरण भित्र लामो समयसम्म यो रहन सक्दैन,तर एउटा नयाँ बर्गिकरणभित्रः यो पुँजीवादको हिस्सा हैन्,अथवा पुँजीवादी, विश्व क्रान्ति, तर नयाँ क्रान्तिको एउटा हिस्सा भएको छ, सर्वहारा समाजवादी विश्व क्रान्ति ।

 

यस्तो क्रान्तिकारी उपनिवेशहरू र अर्ध–उपनिवेशहरू विश्व पुँजीवादको प्रतिक्रान्तिकारी मोर्चाका मित्रहरू भएर लामो समयसम्म रहन सक्दैन् स तिनीहरू विश्व समाजवादको क्रान्तिकारी मोर्चाको मित्रहरू बनेका छन् ।

 

यसरी, पुरानो पुँजीवादी प्रजातान्त्रिक क्रान्तिबाट फरकका लागि, उनले उपनिवेशहरू र अर्ध–उपनिवेशहरूमा हुने क्रान्तिलाई एउटा नयाँ जनवादी क्रान्ति भने । यो आधारमा उनले नयाँ जनवादको राजनीति, अर्थतन्त्र र संस्कृतिलाई व्याख्या गरे ।

माओले संयुक्त मोर्चाको बुझाइमा पनि विकास गरे जुन लेनिन र स्तालिनले अगाडि बढाएका थिए । माओले देखाए कि उपनिवेशहरू र अर्ध–उपनिवेशहरूमा पुँजीपति दुई भागमा विभाजित हुन्छन् – दलाल पुँजीपति र राष्ट्रिय पुँजीपति ।

 

दलाल पुँजीपति, जो उसको अस्तित्व र वृद्धिका लागि साम्राज्यवादमा भर परेको हुन्छ, सधैभरी क्रान्तिको एउटा शत्रु भएर रहेको हुन्छ । राष्ट्रिय पुँजीपति, क्रान्तिका लागि एउटा पेण्डुलमजस्तो अस्थिर मित्र हो, जो कहिलेकाही क्रान्तिमा मद्तगार हुन्छ र कहिलेकाही शत्रुहरूसित मिल्न जान्छ ।

 

यसरी सर्वहाराको नेतृत्व अन्तरगत संयुक्त मोर्चाले चार वर्ग एलाइन्स– सर्वहारा, गरीव तथा मध्यम वर्गी किसानहरू , शहरी निम्न पुँजीपति समाहित गर्दछ । क्रान्तिका शत्रुहरू भनेका साम्राज्यवाद, दलाल पुँजीपति र ठुला–ठुला जमिन्दारहरू नै हुन ।

 

माओका अनुसार उपनिवेशहरू र अर्ध–उपनिवेशहरूमा हुने क्रान्तिले रसियन क्रान्तिद्धारा गरिएजस्तो विद्रोहको मार्ग अपनाउने छैन्, जहाँ प्रमुख शहरहरू पहिले क्याप्चर गरिए र अनि गाउँहरूमा नियन्त्रण गरिए ।

 

उनले रक्षात्मक जन युद्धको चीनीयाँ मार्ग देखाए जसमा गाउँहरूमा स्थापित प्रतिक्रियावादी सत्तालाई बल प्रयोगव्दारा खोस्ने महत्वपूर्ण काम संलग्न हुन्छ, त्यसमा गुरिल्ला क्षेत्रहरू र आधार इलाकाहरूको निर्माण गर्ने र अन्त्यमा घेरावन्दी गर्दै शहरहरूलाई नियन्त्रण लिने प्रकृया हो । यो प्राप्त गर्न माओले क्रान्तिकारी युद्धका सैनिक सिद्धान्तहरू तयार पारे ।

 

उनले लाल सेना कसरी निर्माण गर्ने भन्ने सिकाए, जुन क्रान्तिको एउटा पूर्णत आवश्यक हतियार थियो । गुरिल्ला युद्धकौशलबाट सुरू गर्दै र अनि चलायनमान युद्धकौशल र अन्त्यमा एकै ठाउँ अडिएर लडने युद्धकौशलको विकास गरे । माओ जसले एउटा सानो फौजले एउटा भयानक शत्रुलाई हराउन आवश्यक फौजीशक्ति निर्माण गर्न विशाल जनसमूहमा कसरी भर पर्न सक्छ भन्ने देखाए ।

 

अन्त्यमा,राज्य र सर्वहाराको अधिनायकत्वको माक्र्सवादी–लेनिनवादी बुझाईमा आफैलाई आधारित बनाउँदै,माओले उपनिवेशी देशहरूमा क्रान्तिमा राज्यको स्वरूप सम्वन्धी सिद्धान्तको व्याख्या गरे । नयाँ जनवादको सिद्धान्तको आधारमा, उनले नयाँ–जनवादी गणतन्त्रको बुझाई निर्माण गरे ।

 

यो नयाँ जनवादी गण्तन्त्र उनले पुँजीपति अधिनायकत्व अन्तरगत पुँजीवादी गणतन्त्रको पुरानो युरोपियन –अमेरिकन रूपबाट जुन पुरानो प्रजातान्त्रिक रूप र पहिले नै मिति सिद्धिएको गणतन्त्रभन्दा फरक हुने छ भनेर विश्वलाई देखाए ।

 

अर्कोतीर, यो सर्वहाराको अधिनायकत्व अन्तरगत सोभियत प्रकारको समाजवादी गणतन्त्रबाट पनि फरक रूपमा हुनेछ किनभने माओको विचारमा एउटा केहि ऐतिहासिक अवधिका लागि, सोभियत प्रकारको समाजवादी गणतन्त्रको रूप पनि उपनिवेशहरू र अर्ध–उपनिवेशहरूका लागि सुहाउँदो थिएन् ।

 

यो अवधिका दौरान, त्यसकारण, राज्यको एउटा तेस्रो रूप कैयौ साम्राज्यवाद विरोधी वर्गहरूको संयुक्त अधिनायकत्व अन्तरगत नयाँ जनवादी गणतन्त्र सबै उपनिवेशहरू र अर्ध–उपनिवेशहरूका क्रान्तिहरूमा लागु गर्न सकिनेखालको आवश्यक थियो । यो रूपले एउटा निश्चित ऐतिहासिक अवधि माग गर्ने भएकाले यो त्यसकारण संक्रमणकालिन छ । तै पनि, माओको अनुसार, यो एउटा त्यस्तो रूप हो जो आवश्यक छ र जसलाई कम गर्न सकिदैन् ।

 

यस्तो राज्य जनताको जनवादी अधिनायकत्वको रूपमा चीनीयाँ क्रान्तिको विजयपछि स्थापित गरियो । माओले जनताको जनवादी अधिनायकत्वको महत्व दुई पक्षहरू– जनताका लागि जनवाद र प्रतिक्रियावादीहरूमाथि अधिनायकत्वको मिसावटका रूपमा वणर्न गरेका छन् । जनता भनेका मजदुर वर्ग, किसान, शहरी निम्न पुँजीपति र राष्ट्रिय पुँजीपति हुन् ।

 

 

मजदुर वर्ग र कम्युनिष्ट पार्टीद्धारा नेतृत्व गरिएका यी वर्गहरूले उनीहरूको आफ्नो राज्य बनाउन एकता गर्दछन् र तिनीहरूको आफ्नो सरकार निर्वाचन गर्दछन्स तिनीहरूले उनीहरूको अधिनायकत्व साम्राज्यवादका भुष्या कुकुरहरू– जमिन्दार वर्ग र नोकरशाही दलाल पुँजीपतिका साथै ती वर्गहरूका प्रतिनिधिहरूमाथि निर्णयलाई पालन गर्न वाध्य गराएर लगाउ‘दछन् ।

 

माओले अझ ज्यादा स्पटसँग देखाएका छन् कि कम्युनिष्ट पार्टीले जनताको जनवादी गणतन्त्रलाई समाजवादी राज्यको रूपान्तरणको प्रक्रियाको नेतृत्व गर्नु परेको हुन्छ ।

 

जनताको जनवादी अधिनायकत्व, सर्वहाराद्धारा नेतृत्व गरिएको र मजदुर –किसान मित्रतामा आधारित शक्तिलाई कम्युनिष्ट पार्टीले समग्र मजदुर वर्ग, समग्र किसान र क्रान्तिकारी बुद्धिजीवीहरूको विशाल मासहरूलाई एकतावद्ध गर्नु पर्दछ । मजदुर –किसान मित्रतामा आधारित शक्ति जनताको जनवादी अधिनायकत्वका नेतृत्वदायी र आधारभूत शक्ति हुन् ।

 

यो एकता विना, अधिनायकत्वलाई एकत्रित गर्न सकिदैन् । यो पनि आवश्यक छ कि पार्टीले शहरी निम्न पुँजीपति र राष्ट्रिय पुँजीपति र उनका बुद्धिजीवीहरू र राजनीतिक समूहहरू, उनका प्रतिनिधिहरू जो सहयोग गर्न तैयार हुन्छन, उनीहरूसित जति घेरै सम्भव छ एकता गर्नु पर्दछ ।

 

यो प्रतिक्रान्तिकारी शक्तिहरूलाई एक्ल्याउनका लागि आवश्यक पर्दछ । यदि यो गरिएको हुन्छ भने, क्रान्तिको विजयपछि, तीव्रताकासाथ उत्पादन पुनःस्थापन गर्न र विकास गर्न, विदेशी साम्राज्यवादसित सामना गर्न, ध्यानपूर्वक एउटा पिछडिएको अर्ध–उपनिवेशी कृषि अर्थतन्त्रलाई एउटा औधोगिक देशमा रूपान्तरण गर्न र एउटा समाजवादी राज्य निर्माण गर्न सम्भव हुन्छ ।

यसरी माओले माक्र्सवाद–लेनिनवादलाई उच्च विकास गर्दै उपनिवेशहरू र अर्ध उपनिवेशहरूका निम्ति क्रान्तिको मार्ग विकास गरेर विश्वका उपनिवेशहरू र अर्ध उपनिवेशहरूका देश र जनताको मुक्तिको मार्गलाई चौडा बनाएका छन् ।